close

एकजना लेखापालले ३ स्थानीय तह हेर्नुपर्ने !

एकजना लेखापालले ३ स्थानीय तह हेर्नुपर्ने !

Trulli
ADVERTISEMENT

रौतहट- विवेककुमार शहनी जिल्ला समन्वय समितिका लेखापाल हुन् । स्थानीय तहमा कर्मचारीको अभावका कारण ‘थप जिम्मेवारी’स्वरूप उनले थप स्थानीय तहमा समेत काम गरिरहेका छन् । 

हाल उनी जिल्ला समनवय समिति र दुर्गा भगवती गाउँपालिका गरी २ स्थानमा लेखापालको रुपमा कार्यरत छन् । उनको दरबन्दी जिल्ला समन्वय समितिमा भए पनि कोष तथा लेखा नियन्त्रण कार्यालय रौतहटले थप जिम्मेवारी भन्दै दुर्गाभवगतीमा समेत लेखा हेर्ने जिम्मेवारी दिएको उनले बताए । 

उनले पालिकाखबरसँग भने,‘करिब डेढ महिनाअघिसम्म कठरिया नगरपालिकासमेत गरेर ३ वटामा काम गर्नु परेको थियो । भ्याउदै नभ्याएर कठरियामा गर्दिनँ भने । अहिले अर्को सरले हेर्नुहुन्छ ।’ हाल पनि दुई ठाउँको लेखा एक्लैले हेर्दा कामको धेरै चाप रहेको उनले बताए ।

उनले आफू कर्मचारी भएको कारण भ्याएसम्म दिइएको निर्देशन पालना गर्दा आफ्नो दरबन्दीबाहेक अरू स्थानमा समेत खट्नुपरेको उनको भनाइ छ ।