close

पूर्वाधार विकासको असर लिजामा

पूर्वाधार विकासको असर लिजामा

Trulli
ADVERTISEMENT

नवलपरासी पूर्व– बौदीकाली गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ भन्दा आर्थिक वर्ष २०७९/८०  को स्थानीय तह संस्थागत स्वमुल्यांकन (लिजा)मा नतिजा सुधार गरेको छ । तर पनि पालिकाको नजितासँग आफू पूर्णरुपमा सन्तुष्ट नभएको गाउँपालिकाका अध्यक्ष प्रकाश ओझा बताउँछन् । 

आर्थिक वर्र्ष २०७८/७९ मा गाउँपालिकाले लिजामा ६६.५ अंक प्राप्त गरेको थियो । सो अंकमा सकारात्मक सुधार गर्दै पालिकाले  आर्थिक वर्ष २०७९/८० मा ७३.७५ अंक ल्याएको छ । 

तर लिजाको नतिजामा अंक कम महशुस भएको गाउँपालिका अध्यक्ष ओझाले बताए । उनले भने, ‘केही कार्यक्रमहरु गर्न छुटेको र पूर्वाधार विकासमा पर्फमेन्स कम हुँदा नतिजा कम आएको लागेको छ ।’ गत वर्ष सार्वजनिक सुनुवाई गर्न केही ढिलो भएकाले सूचकको अंक घटेको उनले पालिकाखबरसँग बताए । 

चालु आर्थिक वर्षको लिजाको नतिजामा थप सुधार ल्याउन लागि परेको उनले बताए । उनले भने, ‘लिजाको नतिजाले थप सुधार गर्न प्रेरणा दिएको छ ।’ चालु आर्थिक वर्षको पूर्वाधारका योजनालाई समयमै सम्पन्न गर्ने गरी काम अघि बढाएको उनले बताए । 

स्थानीय तह संस्थागत स्वमुल्यांकन (लिजा)का सबै सूचकमा उत्कृष्ट अंक ल्याउन गत वर्ष भएका कमि कमजोरीको खोजि गरिरहेको र त्यस्ता कमजोरीलाई सुधार गर्ने उनको भनाइ छ ।