close

१० महिना १० दिनपछि प्रमुख प्रशासकीय अर्याललाई रिब्दिकोटले भन्यो- ‘फेरि भेटौँला’

१० महिना १० दिनपछि प्रमुख प्रशासकीय अर्याललाई रिब्दिकोटले भन्यो- ‘फेरि भेटौँला’

Trulli
ADVERTISEMENT

पाल्पा– रिब्दीकोट गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालको बिदाइ गरेको छ । गाउँपालिकाले सोमबार ‘फेरि भेटौँला’ कार्यक्रमको आयोजना गर्दै प्रशासकीय अधिकृत अर्यालको बिदाइ गरेको हो । 

गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्की, उपाध्यक्ष कान्ता अधिकारीलगायतका जनप्रतिनिधि तथा कर्मचारीको उपस्थितिमा बिदाइ कार्यक्रम आयोजना भएको थियो । प्रमुख प्रशासकीय अधिकृत अर्यालले गाउँपालिकामा १० महिना १० दिन कार्यभार सम्हालेपछि सरुवा भएको गाउँपालिकाका अध्यक्ष कार्कीले बताए । 

उनका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्र अनुसार प्रमुख प्रशासकीय अधिकृत अर्यालको सरुवा भएको हो  । रिब्दीकोटबाट प्रमुख प्रशासकीय अधिकृत अर्याल सरुवा भएर पाल्पाकै निस्दी गाउँपालिकामा कार्यभार सम्हाल्ने उनले जानकारी दिए । 

हाल मन्त्रालयले गाउँपालिकाका शिक्षा शाखा प्रमुख मणिप्रसाद खनाललाई प्रमुख प्रशासकीय अधिकृत तोकेको उनले पालिकाखबरलाई जानकारी दिए । उनले भने, ‘आर्थिक दायित्व दिने गरि उहाँलाई नियुक्ति गर्न मन्त्रालयले पत्र पठाएको छ ।’