close

प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खनाललाई

प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खनाललाई

Trulli
ADVERTISEMENT

पाल्पा– रिब्दीकोट गाउँपालिकामा मणि प्रसाद खनालले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका छन् । पालिकाकै शिक्षा शाखा प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका खनालले मंगलबार प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका हुन् । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको माघ २४ गतेको पत्राचार अनुसार प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेको पालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले बताए ।

यसअघि सो पदको जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले सम्हालेका थिए । मन्त्रालयको प्रमुख प्रशासकीय अधिकृत अर्याललाई पाल्पाकै निस्दी गाउँपालिकामा सरुवा गरेपछि गाउँपालिकाले सोमबार ‘फेरि भेटौँला’ कार्यक्रमको आयोजना गर्दै बिदाइ गरेको उनले जानकारी दिए ।