close

एफआरएमा म्याग्दे गाउँपालिका तनहुँकै उत्कृष्ट

एफआरएमा म्याग्दे गाउँपालिका तनहुँकै उत्कृष्ट

Trulli
ADVERTISEMENT

तनहुँ– स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन(एफआरए)मा म्याग्दे गाउँपालिका जिल्लाकै उत्कृष्ट पालिका बनेको छ । जिल्ला समन्वय समिति, तनहुँले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को नतिजाअनुसार एफआरएको नतिजामा जिल्लाकै उत्कृष्ट बनेको हो ।

गाउँपालिकाले गत वर्षको स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए) मा ८१ प्रतिशत अंक प्राप्त गरेको छ । पालिकाले गरेको योजना बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यन्वयन क्षमता तथा व्यवस्थापन, लेखाङ्कन तथा प्रतिवेदन अनुगमन मुल्याङ्कन तथा लेखापरिक्षण र राजश्व व्यवस्थापनको मुल्याङ्कन गरेर वित्तीय सुशासन जोखिम (एफआरए) को नतिजा निकालिएको हो । 

योजना बजेट तथा कार्यक्रम व्यवस्थापनको क्षेत्रमा उत्कृष्ट काम गर्दै गाउँपालिकाले ९५.२५ प्रतिशत अंक प्राप्त गरेको छ ।