close

फेदापमा 'नमुना गाउँसभा'

फेदापमा 'नमुना गाउँसभा'

Trulli
ADVERTISEMENT

तेह्रथुम - फेदाप गाउँपालिकाले नमुना युवा संसद प्रशिक्षण तथा अभ्यास (नमुना गाउँसभा) गराउने भएको छ । गाउँपालिकाले पालिकाभित्रका युवालाई संसदको प्रक्रियाबारे जानकारी गराउनका लागि अभ्यास गराउन लागेको हो । 

गाउँपालिकाका अध्यक्ष केसवप्रसाद भेटवालका अनुसार युवाहरुलाई  संसदको संरचना, सभामुख, उपसभामुख, पक्ष र विपक्ष दलका नेता, संसदको सचेतकको भूमिकाबारे जानकारी गराउनका लागि सो अभ्यास गराउनका लागेकाे हो । अभ्यासमा पालिकाभित्रका १६ देखि २४ वर्ष उमेर समूहका युवाहरुलाई सहभागी गराइने उनले पालिकाखबरलाई सुनाए । 

अभ्यासमा युवाहरु आफैँ संसदको लागि आवश्यक प्रतिनिधिको रुपमा प्रस्तुत हुने उनको भनाइ छ । सहभागी भएका युवालाई विज्ञले जानकारी गराई प्रयोगात्मक अभ्याससमेत गराइने उनले सुनाए । 

अभ्यासमा सहभागी भएका व्यक्तिलाई संसदमा विद्येयक र कानुन निर्माण गर्नेबारे विस्तृत जानकारी गराइने उनले बताए । नमुना गाउँमा ५० प्रतिशत महिलाको अनिवार्य सहभागिता रहने उनले सुनाए । 

नमुनासभाका लागि आवश्यक प्रतिनिधि गाउँपालिकाले छनोट गरिने उनले सुनाए । कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि जान्ने व्यक्तिलाई छान्ने उनले जानकारी दिए । नमुना गाउँसभा फागुन १३ देखि १६ गतेसम्म गाउँपालिकाको सभाहलमा हुने जनाइएको छ ।