close

कार्यसम्पादन मूल्यांकनमा रोशी जिल्लाकै उत्कृष्ट

कार्यसम्पादन मूल्यांकनमा रोशी जिल्लाकै उत्कृष्ट

Trulli
ADVERTISEMENT

काभ्रे- आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादन मूल्यांकनमा काभ्रे जिल्लाको १३ स्थानीय तहहरू मध्ये रोशी गाउँपालिका उत्कृष्ट भएको छ । 

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आयोगले कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार बुधबार सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार रोशी गाउँपालिकाले ४८.३९ अंक प्राप्त गरी काभ्रेकै पहिलो बनेको हो ।

आयोगले असार १० भित्र बजेट पेश गरे/नगरेको, असार मसान्तभित्र बजेट पारित गरे/नगरेको, आय व्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरे/नगरेको, बजेटको वर्षिक समिक्षा गरी कार्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको, विनियोजित रकम अनुसार खर्चको व्यवस्था लगायतका १७ सूचकका आधार मुल्यांकन गरिएको जनाएको छ । 

स्थानीय तहलाई संघीय संचित कोष तथा प्रदेश संचित कोषबाट प्रदान गर्ने वित्तीय समानीकरण अुनदान अन्तर्गत् कार्यसम्पादन मूल्यांकनका आधारमा अनुदान सिफारिसको लागि आयोगले कार्यसम्पादन मूल्यांकन गर्ने गर्छ ।