close

कार्यसम्पादन मूल्यांकनमा महाङ्काल ललितपुरकै उत्कृष्ट

कार्यसम्पादन मूल्यांकनमा महाङ्काल ललितपुरकै उत्कृष्ट

Trulli
ADVERTISEMENT

ललितपुर- आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादन मूल्यांकनमा ललितपुर जिल्लाको ६ स्थानीय तहहरू मध्ये महाङ्काल गाउँपालिका जिल्लाको उत्कृष्ट भएको छ । 

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आयोगले कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार बुधबार सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार महाङ्काल गाउँपालिकाले ३८.४४ अंक प्राप्त गरी ललितपुरकै पहिलो बनेको हो ।

प्रदेश तथा स्थानीय सरकारको वित्तीय समानीकरण अनुदान सिफारिस गर्न निर्धारण गरिएको कार्यसम्पादन सूचकको मूल्याङन प्रतिवेदनअनुसार वित्त आयोगले विभिन्न १७ सूचकलाई मध्यनजर कार्यसम्पादन मूल्याङ्कन गर्दै आएको छ ।

यसमा असार १० भित्र बजेट पेश गरे/नगरेको, असार मसान्त भित्र बजेट पारित गरे/नगरेको, आय व्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरे/नगरेको, बजेटको वर्षिक समिक्षा गरी कार्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको, विनियोजित रकम अनुसार खर्चको व्यवस्था, बेरुजुको अवस्था स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)को प्रयोग गरे/नगरेको जस्ता सूचकहरुका आधार मुल्यांकन गरिएको छ ।

त्यस्तै, आवधिक योजना तर्जुमा गरे/नगरेको, कक्षा १ देखि ८ सम्म खुद विद्यार्थी भर्ना दर, कक्षा–८ को तुलनामा कक्षा–९ मा विद्यार्थी टिकाउ दर, सामुदायिक विद्यालयबाट कक्षा १० मा १.६ भन्दा वा सो भन्दा उच्च जीपीए प्राप्त गरेका विद्यार्थी प्रतिशत, ४ पटक गर्भजाँच गरेका महिलाको अनुपात, कुल गर्भवतीमध्ये स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात, पूर्ण खोप पाएका बालबालिकाको अनुपात लगायतका सूचकहरु रहेका छन् ।

स्थानीय तहलाई संघीय संचित कोष तथा प्रदेश संचित कोषबाट प्रदान गर्ने वित्तीय समानीकरण अुनदान अन्तर्गत् कार्यसम्पादन मूल्यांकनका आधारमा अनुदान सिफारिसको लागि आयोगले कार्यसम्पादन मूल्यांकन गर्ने गर्छ ।