close

नगरप्रमुखको कार्यकक्षमै नौमती बाजा(भिडयो/तस्वीरसहित)

नगरप्रमुखको कार्यकक्षमै नौमती बाजा(भिडयो/तस्वीरसहित)

Trulli
ADVERTISEMENT

काठमाडौं । झापाको भद्रपुर नगरपालिकामा नगरप्रमुखको कार्यकक्षमा नौमती बाजा प्रदर्शन भएको छ ।

पुर्वेली महिला नौमती वाजा बिर्तामोड-२,चारपाने झापाले आज नगरप्रमुखको कार्यकक्षमा नौमती प्रदर्शन गरेको हो । 

भद्रपुर नगरपालिकामा आफ्नो कला संस्कृति जगेर्ना गर्दै महिला दिदी बहिनीले नगर प्रमुखको कार्यकक्षमा नौमती वाजा सहित कला प्रस्तुत गरेका थिए । 

अन्यत्रकै कार्यक्रममा जाने क्रममा बाटो परेकाले नगरपालिलकामा आएर आफ्नो कार्यकक्षमा नौमती बाजा प्रदर्शन गरेको नगरप्रमुख गणेश पोखरेलले जानकारी दिए ।

‘उहाँहरु अन्यत्रै कार्यक्रममा हिँड्नुभएको रहेछ । बाटो परेकाले आफ्नो कार्यालयमा नौमती बाजा प्रदर्शन गर्नुभयो ।साथै उहाँहरुले सहयोगको अपेक्षा राख्नुभयो,’ उनले भने, ‘नगरको तर्फबाट केही सहयोग गर्ने पनि भनेका छौँ ।’