close

छठ पर्व हर्षोल्लासका साथ मनाइँदै

छठ पर्व हर्षोल्लासका साथ मनाइँदै

Trulli
ADVERTISEMENT

काठमाडौं- आज सूर्यको आराधना, उपासना र पूजा गरी छठ पर्व हर्षोल्लासपूर्वक मनाइँदैछ । तराई–मधेसका साथै राजधानी काठमाडौलगायत अन्य पहाडी जिल्लामा पनि आज साँझ अस्ताउँदो सूर्यको पूजाको तयारी गरिँदैछ । 

आज साँझ ब्रतालुहरूले पोखरी, तलाउ, इनार, कुवालगायत जलाशयमा पुगेर अस्ताउँदो सूर्यको पूजा गर्छन् । भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ विधिपूर्वक समापन हुन्छ । 

तराई मधेशका साथै राजधानीमा छठ घाटलाई सिँगारिएको छ । काठमाडौंका गौरीघाट, कमलपोखरी, विष्णुमती, नख्खु, गहनापोखरी, कुपण्डोललगायत ठाउँमा घाट सजिसजाउ बनाइएको छ । कात्तिक शुक्ल चतुर्दशीका दिनदेखि सुरु भएको छठ पर्व चैतमा पनि मनाइन्छ ।