close

डम्फू पार्कमा बृहत ल्होछार बृहत कार्यक्रम

डम्फू पार्कमा बृहत ल्होछार बृहत कार्यक्रम

Trulli
ADVERTISEMENT

काभ्रे- रोशी गाउँपालिका–११ कालढुङ्गास्थित डम्फू जीवन्त संग्राहलय (डम्फू पार्क)मा ल्होछार बृहत सांस्कृतिक महोत्सव आयोजना गरिएको छ ।

सोमबार २८६० औ डुग सोनाम ल्होछारको उपलक्ष्यमा रोशी गाउँपालिका र वडा न ११ को आयोजना तथा टाशी चुक्ला खाङ गुम्बा अध्ययन केन्द्रको समन्वयमा ल्होछार कार्यक्रम गरिएको हो ।

कार्यक्रम उद्धघाटन गर्दै बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री तीर्थ लामाले सबै समुदायलाई सम्मान गरे मात्र देश बिकास हुने बताए । नेपालको संविधानले सबै धर्म समुदायलाई सम्मान गरेको भन्दै मन्त्री लामाले सबै धर्म समुदाय एक भएमा मात्र समृद्ध नेपाल निर्माण हुने तर्क गरे ।

बाग्मती प्रदेशका सांसद तथा पूर्व मन्त्री रत्न ढकालले नेपालको बहुसंस्कृति र बहुपहिचान सरक्षण गर्न सक्दा मात्र नेपाल धनी हुनेमा जोड दिए । पहिचानको कुरा गर्दा देश विखण्डन तिर जाने केहीले तर्क गर्ने गरेको भन्दै उनले पहिचानसहितको संघीयता भनेको विखण्डन नभएर एकताको कुरा भएकोले त्यसका लागि एक पटक फेरी बुलन्द आवाज निकाल्नु पर्ने बताए । बागमती प्रदेशले तामाङ समुदाय र नेवार समुदायलाई सम्मान गर्दै तामाङ र नेपाल भाषालाई सरकारी कामकाजको भाषाको मान्यता दिएको उनले तर्क गरे ।

गाउँपालिका अध्यक्ष दिनेश लामाले रोशी गाउँपालिकाले विभिन्न समुदायको पर्वलाई समान रुपमा हेरेको बताउँदै ल्होछारको लागि गाउँपालिकाले तीन दिन विदा दिने जानकारी दिए । रोशी गाउँपालिका वडा नं. ११ का वडाध्यक्ष लालकुमार पाख्रिनको सभापतित्वमा भएको ल्होछार सांस्कृतिक महोत्सव कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाइबा, प्रमुख प्रसाशकीय अधिकृत रामबहादुर तामाङ, रोशी गाउँपालिकाका प्रवक्ता एवं वडा नं. १२ का वडाध्यक्ष वसन्तकुमार लामा, वडा नं. १० का वडाध्यक्ष विकेन लामा तथा घेदुङ रोशीका अध्यक्ष कान्छाकाजी तामाङलगायत उपस्थित थिए ।