close

प्रदेश १ का मुख्यमन्त्री राईले पाए विश्वासको मत

प्रदेश १ का मुख्यमन्त्री राईले पाए विश्वासको मत

Trulli
ADVERTISEMENT

विराटनगर– प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत प्राप्त गरेका छन् । बुधबार बसेको प्रदेश सभाको बैठकमा प्रदेशसभामा कायम रहेका ९२ सांसदमध्ये सभामुख बाहेक ७९ जनाको उपस्थिति थियो । मुख्यमन्त्री राईले आफुलाई प्रदेशसभाको विश्वास छ भन्ने प्रस्तावको पक्षमा ५० मत प्राप्त गरे र विपक्षमा जम्मा २९ मत रहेको छ ।

 

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत बहुमतले प्राप्त गरेका छन् । आफूलाई प्रदेशसभाको विश्वास छ भनी मुख्यमन्त्री राईले राखेको प्रस्तावको पक्षमा ५० र विपक्षमा २९ मत पारेको छ ।

 

मुख्यमन्त्री राईले पाएको मत प्रदेशसभामा तत्काल कायम रहनुभएका सदस्यको बहुमत भएकाले उनले विश्वासको मत पाएको सभामुख प्रदीपकुमार भण्डारीले घोषणा गरे । आजको मतदानमा ७९ जना सांसद उपस्थित भएका थिए ।

 

प्रदेश सभामा कुल ९२ सांसदमध्ये नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ जानले मुख्यमन्त्री राईलाई विश्वासको मत दिएका थिए । प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदले भने विश्वासको मतको विपक्षमा मतदान गरेका छन् ।