close

प्रधान सेनापति शर्मा आज भारत जाँदै

प्रधान सेनापति शर्मा आज भारत जाँदै

Trulli
प्रधानसेनापति प्रभुराम शर्मा
ADVERTISEMENT

काठमाडौं-प्रधानसेनापति प्रभुराम शर्मा आज भारत प्रस्थान गर्दै छन् । ‘इण्डो–प्यासिफिक आर्मीज चिफ कन्फ्रेन्स’ मा सहभागी हुन नेपाली सेनाका प्रधान सेनापती आज भारत जान लागेका हुन् । 

भारतको राजधानी नयाँ दिल्लीमा आयोजना हुन लागेको १३औं संस्करणको उक्त सम्मेलन भोली असोज ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुने भए पछि नेपालको प्रतिनिधित्व गर्दै प्रधानसेनापति शर्मा आज दिल्ली पुग्नेछन् । सो सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका ३० भन्दा बढी देशका प्रधान सेनापतिले भाग लिदैँछन् ।

हिन्द–प्रशान्त क्षेत्रका मुलुकबीच साझेदारी एवं सहकार्य, विचार आदानप्रदान र आपसी समझदारी विकास गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको जनाउँदै भारतीय सेनाले सम्मेलनले आपसी हित र सुरक्षा चासोका विषयमा छलफल केन्द्रित गर्नेछ ।