close

प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराउने स्थानीय तहको खाता बन्द गर्ने मन्त्रालयकाे चेतावनी

प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराउने स्थानीय तहको खाता बन्द गर्ने मन्त्रालयकाे चेतावनी

Trulli
ADVERTISEMENT

काठमाडौं - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न नदिने स्थानीय तहलाई कारबाही गर्ने भएको छ । स्थानीय तहले मन्त्रालयका कर्मचारीलाई हाजिरै गर्न नदिई निमित्तलाई जिम्मेवारी दिने प्रवृत्ति बढेपछि सोमा अंकुश लगाउन लगाउन कारबाही गर्न लागेको हो । 

कारबाहीका लागि मन्त्रालयले एकै पटक एक दर्जन स्थानीय तहलाई पत्र पठाएर जानकारी दिएको छ । प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न नदिई निमित्तको भरमा काम गर्ने स्थानीय तहमा चेक काट्न र खाता बन्द गराउने जनाएको छ । 

निमित्तबाट स्थानीयले बैंक खाता सञ्चालन तथा चेक काट्न नपाउने व्यवस्था गर्ने  मन्त्रालयले जनाएको छ । साथै, निमित्त प्रशासकीय अधिकृतले कार्यालय प्रमुखका रुपमा बैठक बस्न, बिदा स्वीकृत गर्ने अधिकार नदिने भएको छ ।

स्थानीय तहले दरबन्दीका प्रमुख प्रशासकीय अधिकृतलाई रोकेर निमित्तलाई जिम्मेवारी दिँदै आएको मन्त्रालयले जनाएको छ । स्थानीय तहले निमित्तको भरमा आर्थिक तथा प्रशासनिक बदमासी गर्दै आएको आरोप मन्त्रालयको छ ।

केन्द्रीय सरकारले नगरपालिकाको लागि उपसचिव तहका प्रमुख प्रशासकीय अधिकृत र गाउँपालिकामा अधिकृत तहका कर्मचारीलाई प्रशासकीय अधिकृतको रुपमा खटाउँदै  आएतापनि सोलाई बहिस्कार गरी  निमित्त र करारका खडा गरी काम गर्दै आएका छन्।