close

सरकारलाई निर्देशन : चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्नू

सरकारलाई निर्देशन : चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्नू

Trulli
ADVERTISEMENT

काठमाडौं- प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

शुक्रबार बसेको बैठकले चिकित्सकलाई कुटपिट गर्नेलाई कारबाही गर्न निर्देशन दिएको हो । चिकित्सक संघ संस्थामा आबद्ध प्रतिनिधि र सरकारी निकायसँग छलफल गरेपछि बैठकले दोषीलाई कारबाही गर्न र हिंसारहित भयरहित वातावरण तयार पार्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने र गृह मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरेको समितिका सभापति भानुभक्त जोशीले जानकारी दिए । 

साथै बैठकले वार्ताबाट सहमति खोज्न आन्दोलनरत चिकित्सक र सरकारलाई आग्रह गरेको छ ।