close

एमालेको समर्थनमा केदार बने कोशीको मुख्यमन्त्री

एमालेको समर्थनमा केदार बने कोशीको मुख्यमन्त्री

Trulli
ADVERTISEMENT

विराटनगर- नेपाली कांग्रेसकका केदार कार्की कोशी प्रदेशको आठौं मुख्यमन्त्रीको रुपमा नियुक्त भएका छन् ।

केदार कार्कीले एमालेको सहयोगमा मुख्यमन्त्रीको दाबी पेश गरेका हुन् । कांग्रेसबाट प्रदेश सभा सदस्य निर्वाचित भएका केदारले कांग्रेसको निर्णयको विरुद्धमा विद्रोह गर्दै कांग्रेसका ८ प्रदेश सभा सदस्यसहित एमालेसँग मिलेर मुख्यमन्त्रीको दाबी पेश गरेका हुन् ।

कांग्रेसका ८ र एमालेका उप सभामुखसहित ४० सदस्यले केदारलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका थिए । कोशी प्रदेश सभामा बहुमत पुर्याउन ४७ सदस्य आवश्यक पर्दछ । एमालेबाट कोशी प्रदेशको उपसभामुखले सभा चलाएको अवस्थामा पनि उनको पक्षमा ४७ सदस्य पुग्ने छन् । कोशी प्रदेशमा ४७ प्रदेश सभा सदस्य बहुमत हो ।

कांग्रेसबाट ८ जनाले मतदान गरेमा सभामुख पद रित्त रहेको अवस्थामा पनि कार्कीले विश्वासको मत पाउने छन् ।