close

फेरिएको मन्त्रालयको शैली : बजार अनुगमन प्रभावकारी बनाउनु

फेरिएको मन्त्रालयको शैली : बजार अनुगमन प्रभावकारी बनाउनु

Trulli
ADVERTISEMENT

काठमाडौं- संघीय मामिला मन्त्रालयले बजार अनुगमन तथा वितरण प्रणााली प्रभावकारी बनाउन  सबै स्थानीय तहलाई अनुरोध गरेको छ । 

मन्त्रालयले सबै‌ स्थानीय तहलाई पत्राचार गर्दै चाडबाडमा उपभोक्ता कृतिम अभाव, म्याद नाघेको अखाद्यबस्तु र मूल्यवृद्धिको मारमा पर्न सक्ने भन्दै अनुगमन तीव्र बनाउन आग्रह गरेको हो । साथै सरोकारवालासँगको सहकार्यमा उपभोग्य बस्तुको सहजीकरण गर्न समेत आग्रह गरेको छ । 

सधैं स्थानीय तहलाई निर्देशन दिँदै आएको मन्त्रालयले यस पटक गरेको पत्राचारमा कार्यशैली फेरेर आग्रह गरेको पाइएको हो । पालिकाखबरले संघको पत्राचारमा किन निर्देशन भन्दै पटक पटक मन्त्रालयका कर्मचारीको कार्यशैलीलाई लिएर बहस गर्दै आएको थियो । सुधारको बचन दिँदै आएका कर्मचारीले साच्चिकै दशैंको मुखमा सुधारिएको पत्राचार गरेको छ ।