close

फेसबुकमा बलात्कार पीडितको फोटो सार्वजनिक गर्ने अनुसन्धान दायरामा

फेसबुकमा बलात्कार पीडितको फोटो सार्वजनिक गर्ने अनुसन्धान दायरामा

Trulli
ADVERTISEMENT

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेबाट बलात्कार पीडित ‘गौशाला २६’ को परिचय र तस्बिर सार्वजनिक गर्नेहरूमाथि प्रहरीले अनुसन्धान थालेको छ । 

बलात्कार पीडितको नाम प्रहरीले गौशाला २६ राखेर अनुसन्धान अघि बढाएको थियो । अहिले केही व्यक्तिले गौशाला २६ को परिचय र तस्बिर सामाजिक सञ्जालमा राखेर उनीमाथि गालीगलौज र नकारात्मक टिप्पणी गरिरहेका छन् । 

गौशाला २६ ले सामाजिक सञ्जालमा नाम र फोटो सार्वजनिक गर्नेविरुद्ध उजुरी दिएपछि प्रहरीको साइबर ब्युरोले ती व्यक्तिहरूको खोजी थालेको हो । 

अपराध पीडित संरक्षण ऐनको दफा ६ मा बलात्कार, मानव बेचबिखन, यौन दुर्व्यवहारका घटनाका पीडितको पहिचान कुनै पनि रूपबाट प्रकट गर्न नहुने व्यवस्था छ ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्‍वपा)ले एक जना कार्यकर्तालाई निलम्बन गरेको छ । रास्वपाले चितवनका दिवश सापकोटालाई निलम्बन गरेको हो । 

बिहीबार दिउँसो एक सूचना जारी गर्दै रास्वपाले उनलाई निलम्बन गरिएको उल्लेख गरेको छ । सापकोटा रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिको सदस्‍य रहेका थिए ।