close

स्थानीय तहलाई स्वमूल्याङ्कनको नतिजा सार्वजनिक गर्न अनुरोध

स्थानीय तहलाई स्वमूल्याङ्कनको नतिजा सार्वजनिक गर्न अनुरोध

Trulli
ADVERTISEMENT

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजा सार्वजनिक गर्न अनुरोध गरेको छ । 

आइतबार एक सूचना जारी गर्दै मन्त्रालयले स्थानीय तहलाई पुष मसान्तभित्र स्वमूलाङ्कनको नतिजा कार्यपालिकाबाट स्वीकृत गरी माघको पहिलो हप्ताभित्र आआफ्नो वेबसाइट र सूचना पाटी मार्फत सार्वजनिक गर्न निर्देशन दिएको हो । 

स्थानीय तहको कार्यप्रकृया र उपलब्धीहरुको बारेमा लेखाजोखा गरी सबल र दुर्बल पक्षहरुको पहिचान गर्न, विकास तथा सुशासनमा रहेका कमी कमजोरीहरुको जानकारी लिन, आवधिक समीक्षाकाे लागि आधार प्राप्त गर्न र गाउँपालिका तथा नगरपालिकाहरुको बीचमा तुलनायोग्य सूचकहरुको तर्जुमा गरी प्रतिस्पर्धात्मक सुधारमा अग्रसर गराई स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउन संस्थागत क्षमता मत्तस्वमूल्याङ्कन आवश्यक हुन्छ ।

सो सम्बन्धी स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ८० बमोजिम स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ समेत कार्यान्वयनमा रहेको मन्त्रालयले जनाएको छ ।