close

७५३ स्थानीय तहलाई आग्रह : संघीय समपुरक र विशेष अनुदानका कार्यक्रम प्रस्ताव पेश गर्नू

७५३ स्थानीय तहलाई आग्रह : संघीय समपुरक र विशेष अनुदानका कार्यक्रम प्रस्ताव पेश गर्नू

Trulli
ADVERTISEMENT

काठमाडौँ- राष्ट्रिय योजना आयोगले सबै स्थानीय तहहरुलाई संघीय समपुरक र विशेष अनुदानका कार्यक्रम प्रस्ताव पेश गर्न आह्वान गरेको छ । 

आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सम्वन्धित स्थानीय तहबाटै संघीय समपुरक र विशेष अनुदानका कार्यक्रम प्रस्ताव पेश गर्नुपर्ने भनेको छ । 

संघीय सरकारले  समपुरक अनुदानका लागि निम्न क्षेत्रका आयोजना र कार्यक्रममा रकम माग्न सकिने भनेको छ । समपुरक र विशेष अनुदानका लागि स्थानीय तहले ५० प्रतिशत लागत साझेदारी गर्नुपर्ने छ । समपुरक अनुदानका लागि महानगर र उपमहानगरपालिकाले अधिकतम २५ करोड, नगरपालिका र गाउँपालिकाले १० रुपैयाँसम्मका आयोजना प्रस्ताव गर्न सक्नेछन् । 

विशेष अनुदानका लागि महानगर र उपमहानगरपालिकाले १५ करोड, गाउँपालिकाले ५ करोड र  नगरपालिकाले १० करोड रुपैयाँसम्मका आयोजना र कार्यक्रम पेश गर्न पाउनेछन् ।