close

नयाँ बानेश्वरमा सडक भासिएपछि...

नयाँ बानेश्वरमा सडक भासिएपछि...

Trulli
ADVERTISEMENT

काठमाडौँ- नयाँ बानेश्वर चोकमा सडक भासिएपछि गुडिरहेको सार्वजनिक बस फसेको छ । 

कोटेश्वरबाट रत्नपार्कतर्फ गइरहेको बा ३ ख ३७६२ नम्बरको बस नयाँ बानेश्वर चोकमा भासिएको हो ।

सडकको सर्भिस लेनमा गुडिरहेको बसको पछाडितर्फको चक्का एक्कासी भासिएपछि यात्रुहरु होहल्ला गर्दै बसबाट बाहिरिएका थिए । 

अहिले बस खाली गराइएको छ भने क्रेनले उक्त बस हटाउने तयारी भइरहेको छ ।