close

वालिङले बाँड्यो १६ करोड बढी सामाजिक सुरक्षा भत्ता

वालिङले बाँड्यो १६ करोड बढी सामाजिक सुरक्षा भत्ता

Trulli
ADVERTISEMENT

स्याङ्जा/वालिङ– स्याङ्जाको वालिङ नगरपालिकाले गत आर्थिक वर्ष २०७७/७८ मा १६ करोड रुपैयाँ बढी सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।

 

नगरपालिकाले ज्येष्ठ नागरिक, दलित, आर्थिक रूपले विपन्न, एकल एवं विधवा महिला, असहाय, अपांगता भएका व्यक्तिका लागि बैंकमार्फत १६ करोड ३१ लाख २१ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले जानकारी दिए ।

 

नगरपालिकाले वडागत रूपमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिको सूची तयार गरेर विभिन्न बैंक तथा वित्तीय संस्थाहरूसँग सम्झौता गरी ६ हजार ६२८ जनालाई भत्ता वितरण गरेको भट्टराईले बताए ।


नगरपालिकाका १४ वडामा ७० वर्षमाथिका ३ हजार २८६, ज्येष्ठ नागरिक दलित ४७८, ज्येष्ठ नागरिक एकल महिला ८००, असहाय, विधवा ८७२, अपाङ्गता भत्ता क वर्ग १४३, ख वर्ग २६६ र दलित बालबालिका ७८३ गरी ६ हजार ६२८ जनालाई ३ चौमासिकमा बैंकमार्फत रकम हस्तान्तरण गरिएको हो ।

 

प्रथम चौमासिकमा ४ करोड ७४ लाख ६५ हजार २८२, दोस्रो चौमासिकमा ५ करोड ६० लाख १५ हजार १९८ र तेस्रो तथा अन्तिम चौमासिकमा ५ करोड ९६ लाख ४० हजार ५२० गरी कुल १६ करोड ३१ लाख २१ हजार रुपैयाँ भत्ता वितरण गरिएको लेखा अधिकृत ज्ञानप्रसाद अर्यालले बताए ।

 

नगरपालिकामा सबैभन्दा धेरै भत्ता बुझ्नेको संख्या ७० वर्षमाथिका ३ हजार २८६ जना ज्येष्ठ नागरिक छन् । वालिङ नगरपालिकामा गत आव २०७६/७७ मा १७ करोड २१ लाख ४४ हजार ४०० रुपैयाँ भत्तास्वरूप वितरण गरिएको सहायक लेखापाल ईश्वरीप्रसाद तिवारीको भनाइ छ ।

 

नगरपालिकाले प्रथम, दोस्रो र तेस्रो चौमासिकमा भत्ता वितरण गर्दै आएको छ । आव २०७६/७७ को पहिलो चौमासिकमा ५ करोड ७१ लाख ८३ हजार, दोस्रोमा ५ करोड ७२ लाख २ हजार र तेस्रो तथा अन्तिम चौमासिकमा ५ करोड ७७ लाख ५८ हजार रुपैयाँ वितरण गरिएको सहायक लेखापाल तिवारीले बताए ।