close

रुपनी गाउँपालिका–६ का वडाध्यक्ष थापाको निधन 

रुपनी गाउँपालिका–६ का वडाध्यक्ष थापाको निधन 

Trulli
ADVERTISEMENT

सप्तरी– सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष गोबिन्द सिंह थापाको सोमबार (आज) निधन भएको छ ।

एक्कासी बिरामी परेका थापालाई उपचारका लागि अस्पताल लैजाने क्रममा वाटोमै निधन भएको परिवारका सदस्यले जानकारी दिएका छन् ।  विराटनगर लैजाने क्रममा कोसी व्यारेज नजिकै पुग्दा उनको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष हरेराम यादवले जानकारी दिए ।

दुईसाता अघि पेट र हातखुट्टा दुख्ने समस्या देखिएपछि उनको विराटनगरस्थित विराट नर्सिङ होममा भर्ना गरेर ९ दिनसम्म उपचार गरिएको थियो ।  अस्पतालले उनलाई तीन दिनअघि मात्र डिस्चार्ज गरेको थियो ।