close

भूकम्पपीडितसँग घुस लिने कर्मचारीको जागीर चट !

भूकम्पपीडितसँग घुस लिने कर्मचारीको जागीर चट !

Trulli
ADVERTISEMENT

ओखलढुंगा– भूकम्प पीडितबाट घुस लिएको आरोप लागेका पुनःनिर्माणका प्राविधिकलाई जागीरबाट बर्खास्त गरिएको छ । ओखलढुंगाको मोलुङ गाउँपालिका–६ श्रीचौरका लाभग्राहीबाट गैरकानूनी हिसाबले रकम लिएका पुनःनिर्माणका प्राविधिक मनोज खतिवडालाई जागिरबाट निकालिएको हो । 

मापदण्ड विपरीत बनेका घर पास गर्नका लागि प्राविधिक खतिवडाले लाभग्राहीबाट रकम लिएका थिए । पहिलो र दोस्रो किस्ता लिइसकेका तर अन्तिम किस्ता लिन बाँकी लाभग्राहीबाट खतिवडाले १० देखि १५ हजार रुपैयाँका दरले गैरकानूनी ढंगले रकम असुलेको पुष्टि भएपछि उनलाई जागीरबाट बर्खास्त गरिएको हो । 

स्थानीयवासीको गुनासोसहितका समाचार सार्वजानिक भएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले छानबिन थालेका थिए ।

छानबिनका क्रममा लाभग्राहीबाट लाखौंँ रकम उठाएको प्रमाण फेला परेपछि खतिवडालाई जागीरबाट बर्खास्त गरिएको जिल्ला आयोजना कार्यालयले जनाएको छ ।