close

रुपन्देहीका जोखिममा रहेका बस्ती स्थानान्तरण सुरु 

रुपन्देहीका जोखिममा रहेका बस्ती स्थानान्तरण सुरु 

Trulli
ADVERTISEMENT

रुपन्देही– बुटवल उपमहानगर पालिकाका प्रमुख शिवराज सुवेदीले जोखिममा रहेका घर बस्ती खतरामा रहेकाे जानकारी दिएका छन्। उनले  ती घर बस्ती तत्काल अन्य ठाउँ स्थानान्तरण गर्ने बताएका छन् । तीन दिनदेखि निरन्तर परेको बर्षाको कारण बढेको तिनाउको बहावको कारण कटानमा परेको रानीगन्ज क्षेत्र निरीक्षणको गरेपछि सुवेदीले यस्तो बताएका छन् ।

प्रमुख सुवेदीले उपमहानगरपालिकाका प्राविधिक र सम्बन्धित वडाका अध्यक्षलाई साथमा लिएर नदि किनारका बस्तीको अवलोकन गरेका छन् । उनले जोखिमपूर्ण अवस्थाका बस्तीको लगत संकलन भइरहेको र पूर्वतयारीका लागि योजना समेत बनाइएको बताए । 

सुरक्षाकर्मी परिचालन गर्ने, विपदको बन्दोबस्तीका सामग्री व्यवस्थापन गर्ने, सामुदायिक भवनको व्यवस्थापन गर्नेलगायतका काम अघि बढेको प्रमुख सुवेदीले बताए ।

रानिगन्जमा विगतदेखि नै दुई घर उच्च जोखिममा थिए । अन्य १० घर पनि जोखिममा छन् । ती जोखिममा रहेका घरहरु तत्काल सामुदायिक भवन स्थानान्तरण भइरहेको र विपदका सामग्री पनि नगरले ल्याइरहेको छ ।