close

भट्टेडाँडाको पहिरोमा पुरिएका घाइतेको २ दिनपछि बल्ल उद्धार

भट्टेडाँडाको पहिरोमा पुरिएका घाइतेको २ दिनपछि बल्ल उद्धार

Trulli
ADVERTISEMENT

ललितपुर–पहिरोले पुरिएका घाइते भएका काठमाडौं उपत्यकाभित्रको ललितपुरका चारजना स्थानीयको २ दिनपछि बल्ल उद्धार गरिएको छ । ललितपुरको भट्टेडाँडाको पाङदुर डोलमा बुधबार गएको पहिरोमा परी ४ जना घाईते भए । २ वटा टिपर र एक मोटरसाइकल पहिरोले पुर्यो ।

 

कान्ति लोकपथ अन्तर्गत बागमती गाउँपालिकाको भट्टेडाँडामा गएको पहिरोमा परेका घाईतेलाई हेलिकप्टर मार्फत उद्दार गर्ने बिहीवार दिनभरको प्रयास असफल भएपछि आज बिहान मात्रै उद्धार गर्न सफल भएको वागमती प्रदेश सांसद चेतनाथ सञ्जेलले बताए । 

 

उनका अनुसार घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरमा राखेर ललितपुरको आनन्दबन अस्पताल र बीएण्डबी  अस्पतालमा उपचार थालिएको छ ।  शुक्रबार बिहान वर्षा रोकिएर मौसम सफा भएपछि बागमती प्रदेश सांसद सञ्जेल हेलिकप्टर लिएर घाइतेको उद्दारका लागि भट्टेडाँडा गएका थिए ।

 

हेलिकप्टर मार्फत पहिलो उडानमा खुट्टा र करङ फ्याक्चर भएका २ जना घाइते ल्याइएको र दोस्रो उडानबाट बाँकी २ जना घाइते ल्याईएको छ । खुट्टा फ्याक्चर भएका कुमार बयलकोटीलाई बि एड बि हस्पिटल  र अन्य घाइतेलाई आनन्दवन हस्पिटलमा उपचारका लागि पठाइएको सञ्जेलले जानकारी दिए । 

 

बिहीबार अनुकुल मौसमको प्रतीक्षामा विमानस्थलमा दिनभर विताएका सञ्जेलका अनुसार हेकिकााप्टर जान नसेकपछि  भैरव गण लेले ब्यारेकबाट उद्दारका लागि गएको नेपाली सेनाको टोली समेत कार्कीबास भन्ने स्थानमा पहिरो गएपछि फर्किएको थियो ।