close

बलात्कार अभियोगमा गाउँपालिका अध्यक्ष थुनामा 

बलात्कार अभियोगमा गाउँपालिका अध्यक्ष थुनामा 

Trulli
ADVERTISEMENT

रामेछाप- रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्कालाई जिल्ला अदालत रामेछापले जबरजस्ती करणी अभियोगमा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । 

खड्कालाई बलात्कार मुद्धामा मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ६७ बमोजिम पुर्पक्षका लागि थुनामा राख्न आदेश दिईएको जिल्ला अदालत रामेछापका श्रेस्तेदार रामचन्द्र मण्डलले बताए ।  उनका अनुसार अध्यक्ष खड्कालाई ठगी मुद्धामा ५० लाख  र शरीर बन्दकको मुद्धामा २ लाख रुपैयाँ धरौटी तोकिएको छ । जबरजस्ती करणी, ठगी र शरीर बन्दकको आरोपमा एक महिना अघि पक्राउ परेका थिए  ।

धोवी बजारको सडक निर्माण गर्न गठित उपभोक्ता समितिका अध्यक्ष दर्पण तामाङले आफूलाई अध्यक्ष खड्काले शरीर बन्दक तथा अपहरणको उजुरी दिएपछि गत ३० साउनमा उनी पक्राउ परेका थिए । शरीर बन्दक तथा अपहरण मुद्दाको अनुसन्धानकै क्रममा सोही गाउँपालिकाका एक स्थानीयले जग्गा ठगीको र गाउँपालिकाकै एक युवतीले आफूलाई दश महिना अघि बलात्कार गरेको उजुरी दिएकी थिइन् ।