close

डुंगा चढेर मेयर जव बाढी प्रभावित गाउँमा पुगे

डुंगा चढेर मेयर जव बाढी प्रभावित गाउँमा पुगे

Trulli
ADVERTISEMENT

रौतहट– रौतहटको इशनाथ नगरपालिकाका मेयर सन्तोष मेहता शनिबार डुङ्गा चढेर नगरका जनताको दुखेसो बुझ्न र सुन्न व्यस्त भए । 

अविरल बर्सापछि आएको बाढीले नगरको केही गाउँ डुबानमा परेपछि नगर प्रमुख मेहता बन्जरहा र औरैयाको स्थानीयको घरघर पुग्ने प्रयास गरेका हुन् ।

वषर्षसँगै आएको बकैया र जान नदीको बाढीले स्थानीय बासिन्दाहरुको घर डुवानमा परेपछि उनले डुवानपीडितलाई भेटेर समस्या समाधानको प्रतिवद्धता जनाए । 

समस्या सामाधान गर्ने मनासायले बाढी प्रभाबित घर परिवारको सदस्यलाई भेटेर समस्या सामाधान गर्ने प्रयास गरेको मेहताले बताए । स्थानीय प्रसासनको सहायताले  बन्जरहा र औरैयाका ३ सय ५० घरपरिवारलाईसुरक्षित स्थानमा सारिएको उनले जानकारी दिए । 

सो गाउँमा २ देखि ३ फिटसम्म पानी जमेको छ । डुवानमा परेकालाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको मद्दतबाट सुरक्षित स्थानमा सारिएको मेहताले बताए । 

कोरोना भाइरसको प्रकोपबाट जनतालाइ बचाउन अग्रसरता देखाएका मेहताको यो कार्यलाई स्थानीयले खुलेर प्रसंशा गरेका छ् । बाढी पीडितलाई  भारत सीमा नजिक पर्ने उक्त गाउँको दक्षिणमा रहेको भारतीय बाँधको कारण बर्षेनी बर्षा र बाढीबाट गाउँ डुवानमा पर्दै आएको छ । 

डुवानमा परेका स्थानीयलाई  सुरक्षित स्थानमा सारिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।