close

जग्गा दान दिएपछि जागिर पाईने !

जग्गा दान दिएपछि जागिर पाईने !

Trulli
ADVERTISEMENT

दैलेख– जग्गा दान गरेपछि जागिर दिन्छु भन्ने मौखिक सहमति तोडेर अर्कैलाई नियुक्त गर्न लागेको भन्दै ठाटिकाँध गाउँपालिका वडा नं. ४ को वडा कार्यालयमा स्थानीयले तालाबन्दी गरिदिएका छन् । कार्यालयलाई जग्गा प्रदान गरेका जग्गादाताको कार्यालय सहयोगी पदमा नाम ननिस्किएको भन्दै तालाबन्दी गरिएको हो । 

 

केही दिन अघि ६ वटा वडाहरूमा कार्यालय सहयोगी पदमा पदपुर्तीका लागि आब्हान भएको दरखास्तमा ५४ जनाको निवेदन परेको गाउँपालिकाले जनाएको छ । अन्तिम नजिता सार्वजनिक भएपछि वडा नं. ४ लाई जग्गा प्रदान गरेका पदमबहादुर कठायतले आफ्नो नाम ननिस्किएको भन्दै तालाबन्दी गरेर कार्यालयको ढोकैमा विज्ञप्ति टाँसिदिएका छन् ।
 

‘वडा नं. ४ को कार्यालयका लागि ५ रोपनी जग्गा र घर दान गर्ने बेलामै परिवारको मान्छेलाई कार्यालय सहयोगी राख्ने भन्ने मौखिक सहमती गरिएको थियो तर अहिले कार्यान्वयन गरिएन ।’ कठायतले पालिका खबरलाई भने ।   


आवेदकहरुको परीक्षा सञ्चालनका लागि पालिकाले बनाएको परिक्षा समितिमा रहेका जिल्ला प्रशासन कार्यालय दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी इन्द्र बहादुर क्षेत्रीले गाउँपालिकाले जारी गरेको सूचनाका आधारमा निष्पक्ष परीक्षा सञ्चालन गरिएको बताए । 


‘६ जना कर्मचारी माग गरी गाउँपालिकाले जारी गरेको सूचनाका आधारमा ५४ जनाले दरखास्त दिएकामध्ये योग्य ६ जनाको नाम निस्किएको हो, निष्पक्ष परिक्षा संचालन गर्र्यौं योग्य उम्मेदवार छानिएका छन् ।’ क्षेत्रीले भने । 


गाउँपालिकाका अध्यक्ष धीर बहादुर शाहीले निष्पक्ष भएको निर्णयलाई उल्ट्याउन दवाब दिनुको अर्थ नहुने बताए ।