close

चिशंखुगढीमा भीडभाड हुने सबै गतिविधिमा रोक

चिशंखुगढीमा भीडभाड हुने सबै गतिविधिमा रोक

Trulli
ADVERTISEMENT

ओखलढुंगा- चिशंखुगढी गाउँपालिकाले चाडवाडको समयमा भेला हुने, खेलकुद आयोजना गर्ने र समूहमा पूजाआजा गर्नेजस्ता गतिविधिमा रोक लगाएको छ । कोरोना संक्रमणको जोखिम कम गर्न चाडवाड मनाउँदा आयोजना हुने सबैखाले सामूहिक गतिविधिमा रोक लगाएको हो ।  


खेलकुद आयोजना, धार्मिक तथा संस्कृतिका रूपमा सामूहिक रूपमा गरिने बलि तथा पूजापाठ, पिङ लगाउने र खेल्नेजस्ता सबै गतिविधिले कोरोना संक्रमण हुने भएकाले रोक लगाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीले जानकारी दिए ।


विगतमा विभिन्न शक्तिपीठहरूमा सामूहिक बलि तथा पूजाआजा गर्ने र पिङ खेल्ने चथा भलिबल र फुटबल खेल आयोजना हुँदै आएका थिए । त्यस्ता गतिविधि विशेष परिस्थितिका कारण रोकिएको गाउँपालिकाले जनाएको छ ।


जमघट तथा भीडभाडले कोरोना संक्रमण फैलिने भएकाले विशेष परिस्थितिमा पूजाआजा तथा अन्य धार्मिक कार्य व्यक्तिगत रूपमा गर्न भनिएको गाउँपालिका अध्यक्ष निशान्त शर्माले जानकारी दिए ।


चिशंखुगढीका सबै वडाका धार्मिक स्थलमा दुर्गापूजा तथा सामूहिक बलि दिने, पुराण लगाउने तथा कुलपुजा गर्ने चलन छ । विशेषगरी वडा नं.- ३ स्थित दियालेको कोतगढीमा छिमेकी जिल्ला सोलुखुम्बूबाट समेत बलि दिन तीर्थालुहरू आउने गर्छन् ।