close

जडीबुटी संकलन गरेर दसैं खर्च जुटाउने सपनामा वज्रपात

जडीबुटी संकलन गरेर दसैं खर्च जुटाउने सपनामा वज्रपात

Trulli
ADVERTISEMENT

हुम्ला–  हुम्ला सिमकोट गाउँपालिका वडा– १ को चुुवाखोला वनमा दसैं खर्च जुटाउन जडीबुटी संकलन गर्न गएका २ युवा बेपत्ता भएका छन् ।


गत २० असोजमा जडीबुटी संकलन गर्न गएका  ३० वर्षीय  धनबहादुर बुढा १ सातादेखि सम्पर्कविहीन भएको खार्पुनाथ गाउँपालिका वडा–१ का दीपबहादुर शाहीले बताएका हुन् ।


जटामसी  (भुल्ते) लगायतका जडीबुटी संकलन गर्ने भनेर केही दिनअघि उनीहरू पाटन पुगेका थिए । तर, जडीबुटी संकलन गर्न गएका साथीहरू फिर्ता भए पनि  सम्पर्कमा नआएका बुढाको अवस्था अहिलेसम्म अज्ञात रहेको शाहीले बताए ।


चुवाँखोला सामुदायिक वनमा जटमासी खन्ने क्रममा बेपत्ता भएका बुढाका आफन्तले ठेहे प्रहरी चौकीमा खोजी गरिदिन आग्रह गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर सुवेदीले जानकारी दिए ।  ‘बेपत्ता बुढाका आफन्त र प्रहरी हवल्दारको नेतृत्वमा ५ प्रहरी जवान खोजी गर्न त्यसतर्फ गएका छन्’, सुवेदीले भने ।