close

दैलेखको गुराँस गाउँपालिका शिल

दैलेखको गुराँस गाउँपालिका शिल

Trulli
ADVERTISEMENT

दैलेख - गाउँपालिकामा कार्यरत कर्मचारी र जनप्रतिनिधिहरुमा कोरोना संक्रमण पुष्टि भएपछि दैलेखको गुराँस गाउँपालिकामा  एक सातासम्म शिल गरिएको छ । 


पालिकामा आउने सेवाग्राहीलाई संक्रमण नफैलियोस् भने पालिका शिल गरिएको गाउँपालिका अध्यक्ष खेमराज ओलीले जानकारी दिएका हुन् । असोज १६ देखि २२ सम्म गाउँपालिकाका सबै काम बन्द भएका छन् । 


११ स्थानीय तह रहेको दैलेखमा हालसम्म १ हजार १ सय ८ मा कोरोना संक्रमण पुष्टि भएको छ । उपचारपछि डिस्चार्ज हुनेको संख्या १ हजार १ सय ४ रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थीरप्रसाद रेग्मीले बताए । कोरोनाका कारण दैलेखमा मृत्यु हुनेको संख्या अहिलेसम्म ३ पुगेको छ । 


सचेतना अझै जरुरी


कोरोना संक्रमणको दर दिनप्रतिदिन बढ्दै गएका बेला दैलेखका विभिन्न बजार क्षेत्रमा खुलेआम ओहोरदोहोर बढेपछि संक्रमणको त्रास बढेको छ । 


गाउँका अधिकांस बजार क्षेत्रमा मानिसले मास्क प्रयोग गरेका छैनन् । सदरमुकाम दैलेख बजारलगायतका क्षेत्रमा पनि पछिल्ला दिनमा कोरोनालाई सामान्य सम्झेर हेलचेत्र्mयाइँ गर्ने क्रम बढेको स्वास्थ्य खोप अधिकृत रेग्मी बताउँछन् । 


आम नागरिक यसबारे सचेत नहुने हो भने ठूलो दुर्घटना निम्तन सक्ने सम्भावना छ । यसका लागि कोरोना रोकथाम तथा व्यवस्थापन समिति, सुरक्षा निकाय, जनप्रतिनिधि र आम नागरिक सबैले सचेतना अभियान प्रभावकारी बनाउनुपर्ने देखियो’, उनले भने । 


दसैं–तिहार अवसरमा कोरोना संक्रमणको दर धेरै बढ्न सक्ने भएकाले सुरक्षा सतर्कता अपनाउन स्वास्थ्य सेवा कार्यालय दैलेखले सबैलाई अनुरोध गरेको डा. निरन्जन पन्तले बताए ।