close

यौन दुर्व्यवहारको आरोपमा वडा अध्यक्ष पक्राउ  

यौन दुर्व्यवहारको आरोपमा वडा अध्यक्ष पक्राउ  

Trulli
ADVERTISEMENT

ओखलढुंगा- ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका वडा- ३ का वडा अध्यक्ष मेडल राई यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् । वडा अध्यक्ष राईविरुद्ध यौन दुर्व्यवहारको उजुरी आएपछि प्रहरीले पक्राउ गरेको हो । 


वडा अध्यक्ष राईलाई एक महिलामाथि यौन दुर्व्यवहार गरेको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरीक्षक रूपेश खड्काले बताए ।


उनले भने, ‘नियन्त्रणमा लिएका छौँ । आसय करणीको जाहेरी आएकाले अनुसन्धानकै क्रममा छ । पुष्टि भए कारबाही प्रक्रिया अगाडि बढ्छ ।’


अध्यक्ष राईले चार दिनअघि मादक पदार्थ सेवन गरेर घरैमा गई यौन दुर्व्यवहार गरेको पीडित महिलाको आरोप छ । 


स्थानीयका अनुसार वडा अध्यक्षको घर ढलानको दिन खानपान निकै अबेरसम्म भएको थियो । मादक पदार्थले लठ्ठ भएका अध्यक्ष पीडित महिलाको घर पुगेका थिए । 


पीडित पक्षले भने राती महिला सुतेकै ठाउँमा गएर करणी प्रयास गरेको आरोप लगाएको छ । घटना अनुसन्धानमै रहेकाले थप बताउन नमिल्ने प्रहरीको भनाइ छ ।