close

कोरोनाविरुद्ध अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी सम्मानित

कोरोनाविरुद्ध अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी सम्मानित

Trulli
ADVERTISEMENT

नवलपरासी - जिल्लाको बर्दघाट नगरपालिका वडा– १२ को आयोजनामा कोभिड महामारीविरुद्धको लडाइँमा अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मीसहित विभिन्न व्यक्तिलाई सम्मान गरिएको छ ।


बिहीबार वडाले कार्यक्रम आयोजना गरी बर्दघाट नगरपालिका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवाली, जनस्वास्थ्य अधिकृत होमप्रसाद पाण्डे र जनस्वास्थ्य निरीक्षक गोपाल पाण्डेलाई सम्मान गरेको हो ।


कार्यक्रममा नगर उपप्रमुख मायादेवी पौडेलले कोभिड महामारीविरुद्धको लडाइँमा सबै एकजुट भएर लाग्नुपर्ने र नगरबासीलाई जोगाउन स्वास्थ्यकर्मीहरूले गरेको भूमिका प्रशंसायोग्य रहेको बताइन् ।


सम्मानित व्यक्तित्वका तर्फबाट स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले कोरोना महामारीमा खटेबापत वडाले सम्मान गरेर समग्र स्वास्थ्यकर्मीको हौसला बढाएकामा खुसी व्यक्त गरे ।


कार्यक्रममा क्वारेन्टाइनमा सुरक्षागार्ड तथा भान्छेको रुपमा कार्यरतलाई पनि सम्मान गरिएको कार्यक्रममा वडा–१२ का वडाध्यक्ष मानबहादुर मल्लले कोरोना संक्रमणमा सचेत हुन नगरबासीलाई आग्रह गरेका थिए ।