close

सुस्ता पालिकाको बलिनगरमा बीओपी स्थापना 

सुस्ता पालिकाको बलिनगरमा बीओपी स्थापना 

Trulli
ADVERTISEMENT

नवलपरासी - सुस्ता गाउँपालिका- ५ स्थित बलिनगरमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको छ । 

 

पश्चिम नवलपरासीको भारतसँग सीमा जोडिएको यस क्षेत्रमा शनिबार सशस्त्र प्रहरीका नायव महानिरीक्षक किशोर प्रधानले बीओपीको उद्घाटन गरेका हुन् । कार्यक्रममा  प्रधानले  संगठनको नीति निर्देशनलाई सदैव पालना गर्नुका साथै  सुरक्षाकर्मीहरूलाई देशको सीमासहित आमनेपाली नागरिकहरूलाई रक्षा गर्न निर्देशन दिए । 

 

सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बीओपी स्थापनाले सीमामा हुने अपराध, तस्करी एवं अवाञ्छित गतिविधि न्यूनीकरण गर्नुका साथै यहाँका नागरिकलाई शान्ति, सुरक्षा हुने प्रतिक्रिया दिए ।

 

स्थापित बीओपीको मातहत पूर्व नारायणी नदीदेखि पश्चिमतर्फ करिब ४.७ किलोमिटरको सीमामा निगरानी गर्नुका साथै सुरक्षा प्रदान गरिने सशस्त्र प्रहरी बल २६ नं. गणका गणपति महेश अधिकारीले जानकारी दिए । 

 

जिल्लामा भारतसँग जोडिएको सीमा पाल्हिनन्दन गाउँपालिकाको गेरमी, सरावल गाउँपालिकाको भुजहवा र सुस्ता गाउँपालिकाको बलिनगर गरी थप तीनवटा बीओपी स्थापना गर्ने निर्णय भएको थियो । यसअघि भुजहवामा बीओपी स्थापना गरिएको थियो ।

 

नारायाणीपारिको सीमावर्ती सुस्तालाई समेत यस बीओपीको स्थापनाले थप टेवा पुग्ने स्थानीयवासी बताउँछन् । सुस्ता भारत अतिक्रमित भूमि हो ।