close

नगरपालिकाका बालमैत्री स्वयमसेवक नै निक्लिए याैन दुराचारी

नगरपालिकाका बालमैत्री स्वयमसेवक नै निक्लिए याैन दुराचारी

Trulli
ADVERTISEMENT

नवलपुर - पूर्वी नवलपरासीको कावासोती नगर बाल सञ्जालमा आवद्ध बालबालिकालाई अश्लिल तस्वीर तथा भिडियो पठाएर यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कावासोती नगरपालिकामा कार्यरत ३३ वर्षीय गणेश वि.क लाई पक्राउ गरेको छ ।

 

नगरपालिकामा बालमैत्री कार्यक्रमको स्वयम् सेवकको रुपमा करारमा कार्यरत  विकले  विभिन्न समयमा अश्लिल तस्वीर तथा भिडियो पठाएर यौन दुर्व्यवहार गरेको भन्दै सञ्जालका चार जना बालबालिकाले असोज ३० गते कावासोती नगरपालिकामा उजुरी दिएका थिए । 


नगरपालिकाले कारवाहीको लागि असोज ३० गते नै आवस्याक कागजपत्र जिल्ला प्रहरी कार्यालयमा पठाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले जानकारी दिए ।


नगरपालिकाले पठाएको पत्र कात्तिक २ गते जिल्ला प्रहरी कार्यालयमा दर्ता भएपछि प्रहरीले उक्त कर्मभारीलाई गिरप्mतार गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय नवलरासी (बर्दघाट सुस्ता पूर्व) का प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए । 


प्रहरीले असोज ३ गते जिल्ला प्रशासन कार्यालयमा सार्वजनिक हित, स्वास्थ्य तथा नैतिकता विरुद्धको कसुरमा मुद्दा दर्ता गरि म्याद थपेर अनुसन्धान गरिरहेको, मल्लले बताए । मल्लले भने, 'उनले आफ्नै नगरपालिकाभित्र रहेका बाल क्लबमा आवद्ध बालिकाहरुलाई अश्लिल फोटो तथा भिडियोहरु पठाउने गरेको तथ्य पर्याप्त पाइएको छ ।'


उक्त कर्मचारीलाई हाल कानुनी कारवाहीको लागि नगरपालिकाले सिफारिस गरेको र   नगरपालिकाले पनि आवश्यक कारवाही गर्ने प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले बताए ।