close

सिमसारको संरक्षणमा सरावल गाउँपालिका 

सिमसारको संरक्षणमा सरावल गाउँपालिका 

Trulli
ADVERTISEMENT

नवलपरासी पश्चिम - पश्चिम नवलपरासीको सरावल गाउँपालिका- २ जावा गाउँस्थित कमल पोखरी सिमसार जैविक विविधताले भरिपूर्ण छ ।  यहाँ विभिन्न प्रकारका कमलका फूलका देख्न पाइन्छ । यहाँ  रैथाने र साइबेरियन चराहरु डुल्छन् । यहाँ जलहाँस प्रशस्त छन् । सिमसारले ५ बिघा क्षेत्रफल ओगटेको छ ।


यसको संरक्षण , विकास र प्रसार-प्रसारमा  गाउँपालिका जागेको छ । गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले भने, 'हामीले सबै प्रजातिका चरा चिन्दैनौ । हजारौ चरा आउछन् । जान्छन् ।'


सिमसारलाई ब्यवस्थित गर्न पालिका लागि परेको उनी बताउछन् । यहाँ बनभोज स्थलका लागि सेड बनाइएको छ । यहाँको छुट्टै बिशेषता पनि छ, तालमा जमिनको सतह भन्दा माथि पानी देख्न सकिन्छ । 


यो ताल कोल बगैचा भएको स्थान भन्दा करिब भन्दा करिब १ सय मिटर पश्चिम दक्षिणमा छ । जावा गाँउलाई बुद्धकालिन कोलीय गणराज्यको ककरपत्त नगर मानिन्छ । यो सिमसारलाई ऐतिहासिक सिमसारका रुपमा लिईन्छ ।

 

यो प्रकृति सौन्दर्यले भरिपूर्ण सिमसारलाई स्थानीयहरु पोखरा पनि भन्ने गर्दछन् ।  ककरपत्त नगरको दक्षिण पश्चिममा ताल रहेको वर्णन बुद्धकालिन इतिहासमा रहेको यसक्षेत्रको अध्ययन गरिरहेका पत्रकार बेचु गौड बताउँछन् ।


ताल केही समय सम्म सेतो रातो निलो कमलका फूल देख्न पाईन्थ्यो । अहिले सेतो  मात्र फूल्छ ।  स्थानीय र गाउपालिका मिलेर तालको संरक्षण गर्दै आएको स्थानीयवासी नन्दराम चौधरी बताउछन् । उनी भन्छन्, अब अझ राम्रो हुन्छ भन्ने लागेको छ ।


पालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेलले पालिकाले चराबिद् ल्याएर चरा गणना गर्ने तयारीमा रहेको जानकारी दिए । यहाँ पाइने कलमको फूलको पुनः उत्पादनमा समेत पालिका लाग्ने उनी बताउछन् । 


सरावल गाउँपालिका पूर्व-पश्चिम राजमार्गकाे चुरेदेखि समथर भुभाग हुँदै भारतीय सिमानासँग जोडिएको पश्चिम नवलपरासीको एक मात्र पालिका हो । थाेरै जनसं‌ख्या भएको यो पालिका गाउँ नै गाउंँले भरिएको छ ।