close

सुर्खेतमै थन्कियो मुगुबासीको चामल, खाद्य संकटलाई निम्तो

सुर्खेतमै थन्कियो मुगुबासीको चामल, खाद्य संकटलाई निम्तो

Trulli
ADVERTISEMENT

मुगु- हिमाली जिल्ला मुगुका लागि ल्याइएको नेपाल खाद्य संस्थानको जापानी चामल सुर्खेतको गोदामै थन्किएको छ । मुगुको सोरु गाउँपालिकाको कालै डिपो केन्द्रमा संस्थानले ल्याउने चामल महँगो र खाँदा राम्रो नभएको भन्दै स्थानीयले खरिद गर्न नमानेपछि गोदाममै थन्किएको हो ।


डिपो केन्द्रमा चामल ढुवानी जिम्मा पाएको शर्मा ढुवानीले एक हजार ९९ क्विन्टल चामल लगेको थियो । तर, स्थानीयले चामल किन्न मानेका छैनन् । यसअघि संस्थानले ४६ रुपैयाँ प्रतिकेजीमा बिक्री गर्दै आएको चामल ५० रुपैयाँ पु¥याएपछि स्थानीयले खरिद नगरेको शर्मा ढुवानीले जनाएको छ । 

 

खाद्य संकट टार्न समयमै चामल पुर्‍याउँदा पनि नागरिकले खरिद नगर्दा गोदाममै थन्किएर कुहिने अवस्थामा पुगेको शर्मा ढुवानी सेवा केन्द्रका वासुदेव शर्माले जानकारी दिए । ‘संस्थानले कर्मचारी नपठाउँदा पनि चामल सोरुकै गोदामै छ । बिक्री हुँदैन’, उनले भने ।


खाद्य संकट हुने सोरुका नागरिकलाई संस्थानले उपलब्ध गराएको चामल बिक्री नभएको गाउँपालिका उपाध्यक्ष राज्यलक्ष्मी मल्ल बमले बताइन् । कोरोना महामारीको समयमा पनि संस्थानको चामल स्थानीयले राहत दिँदा लिन नमानेको उनको भनाइ छ ।

 

‘सोरुका जनता भोकै मर्न नपरोस् भन्ने उद्देश्यले जापानी चामलको गुणदोष बुझाएर बिक्री गर्ने वातावरण मिलाइरहेका छौँ’, बमले भनिन्, ‘चामल अलि मोटो देखिने र पोषिलो बढी भएकाले बिक्री नभएको हो ।’ गोदाममै चामल कुहिन नदिने गरी बिक्री वितरण गर्न नागरिकलाई सम्झाई-बुझाई गरिरहेको रावलले दाबी गरिन् ।