close

त्रिवेणीले दियो एकल तथा विपन्न महिलालाई बाख्रा

त्रिवेणीले दियो एकल तथा विपन्न महिलालाई बाख्रा

Trulli
ADVERTISEMENT

बाजुरा- बाजुराको त्रिवेणी नगरपालिकाले नगरपालिकाभित्रका एकल तथा विपन्न परिवारलाई बाख्रा वितरण गरेको छ । त्रिवेणी नगरपालिकाले ‘उपप्रमुखसँग अझ नजिक’ कार्यक्रमअन्तर्गत नगरपालिकाका १ देखि ९ वडासम्मका एकल, दलित तथा विपन्न अनि आर्थिक रूपमा पछाडि परेका समुदायका महिलाहरूलाई बाख्रा वितरण गरेको त्रिवेणी नगरपालिकाकी उपप्रमुख राधिका सुनारले जानकारी दिइन् ।

 
वडाका विपन्न महिलाहरूको जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले नगरपालिकाका ९ वटै वडाका एकल तथा विपन्न वर्गलाई प्रत्येक व्यक्तिलाई एक-एक वडाका दरले गरी ५० वटा बाख्रा वितरण गरेकोे नगरपालिकाले जनाएको छ ।

 

सोमबार एउटा औपचारिक कार्यक्रमको आयोजना गरी सम्बन्धित वडाका वडा अध्यक्षको सिफारिसमा नगरप्रमुख रामसिंह रावल र उपप्रमुख राधिका सुनारले संयुक्त रूपमा बाख्रा हस्तान्तरण गरेका नगरपालिकाका सूचना प्रविधि अधिकृत नरेशराज पन्तले बताए । 


आर्थिक अवस्था कमजोर भएका र केही व्यवसाय गर्न सक्ने महिलालाई वडाको सिफारिसअनुसार जीवनस्तर उकास्नका लागि  बाख्रा वितरण गरिएको हो ।

 
बाख्रा वितरणपछि एकल तथा विपन्न वर्गका महिलाहरूको आर्थिक अवस्था अब्बल हुनेमा विश्वास रहेको नगरप्रमुख रावलले बताए । ‘यो सानो सहयोग हो । उहाँहरूको लगनशीलता मिहिनेत हेरेर आगामी दिनहरूमा यस्तो सहयोग फेरि पनि गर्नेछौँ’, उनले भने, ‘यस पटक बाख्रा वितरण गर्‍यौँ, यसपछि आयआर्जन गर्ने तालिमहरूको आयोजना गरिनेछ र आर्थिक उन्नतिका कार्यक्रमहरूलाई अगाडि बढाइनेछ ।