close

सरसफाइ प्रतिस्पर्धा : उत्कृष्टलाई पुरस्कार, अटेरीलाई दण्ड

सरसफाइ प्रतिस्पर्धा : उत्कृष्टलाई पुरस्कार, अटेरीलाई दण्ड

Trulli
ADVERTISEMENT

रुकुम पूर्व- रुकुम पूर्वको भूमे गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालित सञ्चालित खानेपानी तथा सरसफाइ कार्यक्रम कार्यान्वयनअन्तर्गत वडा नं.- ९ चुनबाङमा वडास्तरीय सरसफाइ समन्वय समितिको बैठक बसेको छ । कार्यक्रममा रुकुमेली समाज विकास केन्द्र रुकुमको प्राविधिक सहयोग रहेको छ । 

 

बैठकले वडाध्यक्ष प्रवेश पुनको अध्यक्षतामा वडास्तरीय सरसफाइ समन्वय समिति गठन गरेको छ । वडाध्यक्ष पुनको संयोजकत्वमा १५ सदस्यीय वडास्तरीय सरसफाइ समन्वय समिति गठन गरिएको हो ।

 

बैठकले भूमेको वडा नम्बर ९ चुनबाङलाई आगामी माघ मसान्तसम्म पूर्ण सरसफाइ सुधारोन्मुख वडा घोषणा गर्ने निर्णय गरेको कार्यक्रमका अधिकृत वास संगम देवकोटाले जानकारी दिए ।

 

बैठकले वडाका १८ वटा टोलमध्ये पूर्ण सरसफाइ सुधारोन्मुख टोल घोषणा गर्ने क्रममा उत्कृष्ट सरसफाइ हुने पहिलो टोललाई ५ हजार, दोस्रोलाई ३ हजार र तेस्रोलाई २ हजार रुपैयाँले पुरस्कृत गर्ने निर्णय गरेको छ । ‘सरसफाइमा अटेरी गर्नेमाथि कारबाही गर्नेसमेत निर्णय भएको छ’, वास अधिकृत देवकोटाले भने । 

 

भूमेका सबै वडामा अहिले पूर्ण सरसफाइ सुधारोन्मुख टोल घोषणाका लागि हरेक टोलमा गाउँपालिकाको आर्थिक सहयोग र रुकुमेली समाज विकास केन्द्र रुकुमको प्राविधिक सहयोग रहनेछ । 

 

सरसफाइ कार्यान्वयका लागि पालना गर्नुपर्ने ७ सूचकमा स्थानीयको आनीबानी सुधार ल्याउन कार्यक्रम सञ्चालन गरिएको छ ।