close

५ वर्षपछि भेटिए २१ सय ५० नक्कली भूकम्पपीडित, ११ करोड फिर्ता 

५ वर्षपछि भेटिए २१ सय ५० नक्कली भूकम्पपीडित, ११ करोड फिर्ता 

Trulli
ADVERTISEMENT

काठमाडौं- दोहोरो भुक्तानी लिएका अर्थात् २ हजार १५० जनाले  सरकारको रकम फिर्ता गरेका छन् । एउटै लाभग्राहीले गैरसरकारी संस्था र सरकारबाट दोहोरो भुक्तानी लिएका भूकम्पपीडितबाट सो रकम फिर्ता लिएको राष्ट्रिय पुनर्निर्माण  प्राधिकरणले जनाएको छ । 


दोहोरो सुविधा लिएका र स्वेच्छाले रकम फिर्ता गर्नेको संख्या २ हजार १५० रहेको छ  । उनीहरूबाट ११ करोड ८० लाख रुपैयाँ फिर्ता भएको प्राधिकरणका सूचना अधिकारी मनोहर घिमिरेले जानकारी दिएका छन् ।


एउटै लाभग्राहीले दोहोरो किस्ता लिएका केहीले भने स्वेच्छाले रकम फिर्ता गरेका छन् । पहिलो किस्ताबापतको रकम फिर्ता गर्नेको संख्या २ हजार ३८, दोस्रो ४६ र तेस्रो किस्ता फिर्ता गर्ने ६ जना छन् । लाभग्राहीलाई घर बनाउन सरकारले पहिलो किस्ताबापत ५० हजार, दोस्रो १ लाख ५० हजार र तेस्रो किस्ताका रूपमा १ लाख रुपैयाँ दिएको छ । 


पहिलो किस्ता २ हजार ४२, दोस्रो किस्ता १०० र तेस्रो किस्ता फिर्ता गर्ने ८ जना छन् । यसबाट ९ करोड ७० लाख रुपैयाँ फिर्ता भएको हो । दोहोरो रकम लिएर फिर्ता गर्नेको संख्या १ हजार ७४५ छ । 


त्यस्तै, स्वेच्छाले फिर्ता गर्ने ४०५ जना छन्, जसमा पहिलो किस्ता ३९७ जना, दोस्रो ५ र तेस्रोमा ३ जनाले फिर्ता गरेका छन् । यसअन्तर्गत २ करोड ९ लाख रुपैयाँ फिर्ता भएको छ । 


कुन जिल्लाका कतिले गरे फिर्ता ?


भक्तपुरका १८, धादिङका ६९, दोलखा १४७, गोरखा २७५, काठमाडौं ४७, काभ्रे २२३, ललितपुर २२८, कमवानपुर ४३, नुवाकोट ४३५, ओखलढुंगा १०, रामेछाप २३, रसुवा १८, सिन्धुली २१, सिन्धुपाल्चोक ५३३, अर्घाखाँची ३, बाग्लुङ १, गुल्मी १, लमजुङ १७, म्यादी १, स्याङ्जा २०, तनहुँ ६, पर्वतका १० जनाले रकम फिर्ता गरेको प्रधिकरणको तथ्यांक छ ।