close

दोर्दीको सुरक्षा भत्ता अब बैंकबाटै 

दोर्दीको सुरक्षा भत्ता अब बैंकबाटै 

Trulli
ADVERTISEMENT

लमजुङ- लमजुङको दोर्दी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीबाट वितरण गर्ने भएको छ । कर्मचारीबाट सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका नागरिकले अब बैंकमार्फत पाउने भएका हुन् ।


आगामी चौमासिकबाट सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीमार्फत वितरण गरिने भएको गाउँपालिकाका सूचना अधिकारी धर्म गुरुङले जानकारी दिए ।

 

त्यसका लागि गाउँपालिकाले वडा नम्बर ४ शेरामा रहेको ग्लोबल आइएमई बैंक शाखासँग सम्झौता भएको छ ।

 

गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङको रोहबरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुङ र बैंकका शाखा प्रबन्धक हीराकुमार मोक्तानले सम्झौता आदान-प्रदान गरे ।


सम्झौताअनुसार लक्षित वर्गले बैंकमा अनिवार्य खाता खोल्नुपर्नेछ । खाता खोल्न गाउँपालिका र वडा कार्यालयसँगको समन्वयमा बैंकले गाउँमा काउन्टर सेवा तथा शिविर सञ्चालन गर्नेछ ।

 

९ वटा वडा रहेको दोर्दीमा सामाजिक सुरक्षा भत्ता वितरण बैंकबाट गरिन लागेको हो । यो सेवा बैंक आउन नसक्ने अपांगता, असहाय तथा शारीरिक समस्यामा रहेका वृद्धवृद्धाका लागि लागू हुनेछ ।


गाउँपालिका अध्यक्ष गुरुङले सरकारी काम पारदर्शी ढंगबाट सञ्चालन गर्न बैंकिङ प्रणाली अपनाइएको बताए ।