close

सडक नै नभएको पालिकामा महंगा गाडी

सरकारी गाडी चडेर सुर्खेतदेखि काठमाडौंसम्मको आमसभा भ्याउँछन् कार्यकर्ता

सडक नै नभएको पालिकामा महंगा गाडी

सरकारी गाडी चडेर सुर्खेतदेखि काठमाडौंसम्मको आमसभा भ्याउँछन् कार्यकर्ता

Trulli
ADVERTISEMENT

कालिकोट- कालिकोटमा सरकारी गाडीको चरम दुरुपयोग हुँदै आएको छ । सडक नै नभएको ठाउँमा गाउँपालिकाले आफ्नो लागी महंगा गाडी खरिद गरी सरकारी सम्पत्तिको चरम दुरुपयोग गरेका छन् । 


आइतवार जिल्लाको शुभकालीका गाउँपालिकाको  कर्णाली प्रदेश ०१-००१-००९१ नम्बरको गाडीमा नेकपा माधव-प्रचण्ड खेमाका नेता कार्यकर्ता ओसारपसार गरिएको छ  । 

 

सडक नै नपुगेको गाउँपालिकामा महंगो गाडी खरिद गरी पटकपटक राजनीतिक दलको कार्यक्रममा प्रयोग भइरहेको प्रति समाजिक सञ्जालमा स्थानीयले चर्को विरोध गरिरहेका छन् । 

 

केही समय पहिले माधव-प्रचण्ड खेमाले सुर्खेतमा आयोजना गरेको भेलामा पनि गाउँपालिका अध्यक्ष खडानन्द्र चौलागाई सहितको नेकपा नेता यही सरकारी गाडीमा जुलुस लगाउँदै पुगेका थिए । 


महावै गाउँपालिकाको गाडी नेकपाको ओली खेमाले  आयोजना गरेको आमसभामा काठमाडौं पुगेर फर्किएको छ । गाउँपालिका उपाध्यक्ष मनराज शाहीले पार्टीको कार्यक्रमा सरकारी गाडी प्रयोग गरेको भन्दै आलोचना गरेका थिए । 


जिल्लाका ९ वटा स्थानीय तहमध्ये  ६ स्थानीय तहले गाडी खरिद गरेका छन् । सडक पुगेपनीि पचालझरना गाउँपालिका, शान्नि त्रिवेणी गाउँपालिका  र पलाँता गाउँपालिकाले भने गाडी किनेका छैनन् । उनी अहिलेसम्म मोटरसाइकलै यात्रा गरिरहेका छन् ।

 

सरकारी गाडीको पटक पटक चरम दुरुपयोग भइरहेको पाइएपछि यहाँका स्थानीयले चर्को विरोध गरेका छन् । सडकनै नपुगेको ठाउँमा जनप्रतिनिधिहरुले महंगा गाडी खरिद गरी राज्यको सम्पत्ति दोहन गरेको भन्दै आलोचना भइरहेको छ । 

 

‘नागरिकहरुले अझै  पिठिउँमा भारी वोक्नु पर्ने जनप्रतिनिधि भने जन्ताका खुन र पसिनाले तिरेको करले महंगा गाडीमा सयर हुने ? यो कस्तो व्यवस्था हो,’ स्थानीय डिल्ली चौलागाईँको आक्रोस छ ।