close

 कालिकोटका अग्निपीडितलाई राहत

 कालिकोटका अग्निपीडितलाई राहत

Trulli
ADVERTISEMENT

कालिकोट- कालिकोटको तिलागुफा नगरपालिका-२, रताडाका अग्नि पीडितलाई राहत वितरण गरिएको छ ।

 

जिल्ला विपद् व्यवस्थापन समितिको अगुवाई र विभिन्न संघ संस्थाहरूको आर्थिक सहयोगमा पीडित ६ घरपरिवारलाई राहत वितरण गरिएको हो । 


तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाहीसहितको उपस्थितिमा पीडित परिवारलाई राहत वितरण गरिएको हो । 


गत शुक्रबार भएको आगलागीबाट पदमबहादुर विक, झुप्री विक, भैरे विक, दीपक विक, अनिपाल विक र धनी विकको घर जलेको थियो । 


पीडितलाई जिल्ला विपद् व्यवस्थापन समितिबाट प्रतिपरिवार दुई वटा कम्मल र तीन हजार रुपैयाँ राहत प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

 

उनका अनुसार आगलागीबाट समस्यामा परेका ६ दलित परिवारहरूलाई विभिन्न निकायबाट आवश्यक समाग्रीहरू सहयोग गरिएको छ । 


नेपाल रेडक्रस सोसाईटीले प्रतिपरिवार एक सेट भाँडा, एउटा कम्मल, लत्ताकपडा, एक थान त्रिपालसहितका सामानहरू वितरण गरिएको रेडक्रस जिल्ला शाखाका सभापति बलप्रसाद सञ्ज्यालले बताए ।

 

उनका अनुसार आगलागीबाट पीडित परिवारहरूलाई तत्कालको समस्या समाधान गर्ने गरी अत्यावश्यक सामानहरू सहयोग गरिएको हो ।