close

वैदेशिक रोजगारीको भयावह तस्बिर 

तीन वर्षमा बेचिए ३ सय ९९ जना 

वैदेशिक रोजगारीको भयावह तस्बिर 

तीन वर्षमा बेचिए ३ सय ९९ जना 

Trulli
ADVERTISEMENT

काठमाडौं- परिवारको आर्थिक अवस्था कमजोर रहेकी सरिता (नाम परिवर्तन) ले स्वदेशमा रोजगारी खाजिरहेकी थिइन् । १ जना पुरुषले कुवेतमा घरायसी काम गर्ने ठाउँमा पुर्‍याइदिने बताए ।

 

सो स्थानमा जान पैसा नलाग्ने थाहा पाएपछि उनी विदेश जान तयार भइन् । राम्रै कमाइ हुने आश्वासन दिएपछि उनले सहमति जनाइन् । 


विदेश जान राहदानीसमेत आफ्नै खर्चमा बनाइदिएका दिए, ती पुरुषले । नेपालबाट जाँदा धेरै खर्च लाग्ने भन्दै उनलाई भरतबाट जानुपर्ने बताइयो । कुवेतमा आफ्नाे अफिस रहेकोसमेत ती पुरुषले भन्न भ्याइसकेका थिए । 


युवतीलाई विभिन्न प्रलोभनमा पारी काठमाडौंबाट नेपालगञ्जसम्मको गाडीको टिकट आफैं काटेर रुपैडिया हुँदै भारतको नयाँदिल्ली पुर्‍याए । सरिताका अनुसार आफूसँगै दिल्ली पुगेकाले अर्को मानिसलाई सुम्पिएर बेपत्ता भए । अर्को मानिसले रिसिभ गरी नयाँदिल्लीबाट चेन्नाई र त्यहाँबाट मलेसिया हुँदै श्रीलंका पुर्‍यायो । 

 

श्रीलंकामा रहेका सिराक खाँन र आलिक खाँनले रिसिभ गरी त्यहाँस्थित तालदुवामा बाहिर जानसमेत नदिई बन्धक बनाएर राखे । 


पछि श्रीलंकाली प्रहरीले चेकजाँच गर्दा जाहेरवालीको भिसा नभएका कारण  त्यहाँको कुर्भित्ता जेलमा १० महिनासम्म घरपरिवारलाई सम्पर्क गर्न नदिएर थुनेको थियो ।

 

श्रीलंकास्थित नेपाली दूतावास र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसमेतको सहयोगमा ३० मंसिर २०७७ मा नेपाल फर्काइयो । 


वैदेशिक रोजगारीको सिलसिलामा कुवेत लैजाने भन्दै श्रीलंका लगेर अलपत्र पार्ने सुवेदी कान्छो भनिने खेमबहादुर सुवेदीलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरेको छ ।

 

हाल बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ३ घर भएका सुवेदीलाई पुर्ख्याैली घर पर्वतको कुश्मा नगरपालिका वडा नम्बर २ खुर्कोट, नयाँपुलबाट पक्राउ गरिएको थियो ।

 

सरितालाई मासिक ५० हजार रुपैयाँ तलबसहित दुबईमा होटल वेटरको काम लगाइदिने भन्दै भारत पुर्‍याइयो । भारतमा होटलको तालिम लिनुपर्छ भन्दै सामान्य चिनजानको भरमा भारत पुर्‍याइयो ।

 

दुबई लैजाने आश्वासन दिएर उनलाई भारतमै ३ लाख ५० हजार रुपैयाँमा बेचियो । ४५ दिनसम्म बन्धक बनाई चरम शोषण गरियो ।

 

उनले दार्जिलिङका व्यक्तिको सहयोगमा भाग्न सफल भएपछि प्रहरीमा उजुरी गरिन् । सोही जाहेरीका आधारमा बेचबिखन गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको थियो । 

 

वैदेशिक रोजगारीको वहानामा २०७५/७६ मा २ सय ८३ जना बेचबिखनमा परेका छन्, जसमा १ सय ७१ पुरुष तथा १ सय १२ जना महिला रहेको मानव बेचविखन अनुसन्धान ब्युरोको तथ्यांकले देखाएको छ ।

 

त्यसैगरी २०७६/७७ मा ६९ जना बेचबिखनमा परेकाको उद्धार गरिएको छ । त्यसमा १ पुरुष र ६८ जना महिला थिए भने चालू आर्थिक वर्षमा ४७ जनाको उद्धार गरिएको अनुसन्धान ब्युरोले जनाएको छ । 


केही समय अघिसम्म बेचबिखनमा पर्नेमा महिला, ग्रामीण भेगका मानिस बढी हुने गर्थे । तर, हाल स्वरूप परिवर्तन भएको ब्युरोको तथ्यांकले देखाएको छ । हाल शिक्षित र सम्पन्न परिवारका मानिस पनि बेचबिखनमा पर्ने गरेको ब्युरोको भनाइ छ ।