close

बाजुरा जिल्ला अस्पतालको अतिक्रमित जमिन धमाधम फिर्ता 

बाजुरा जिल्ला अस्पतालको अतिक्रमित जमिन धमाधम फिर्ता 

Trulli
ADVERTISEMENT

बाजुरा- जिल्ला अस्पताल बाजुराको अतिक्रमित जग्गा फिर्ता ल्याउने अभियान जारी रहेको छ । जिल्ला अस्पताल बाजुराको अतिक्रमित जमिन अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भरत थापाको निर्देशनमा फिर्ता ल्याउने क्रम जारी रहेको हो ।

 

जिल्ला अस्पताल व्यवस्थापन समितिको सर्वपक्षीय बैठकले निर्णय गरेसँगै निजीकरण गरिएको अस्पतालको जग्गामा बनाइएका घरटहरामा डोजर प्रयोग गरिएको जिल्ला अस्पताल बाजुराका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष थापाले जानकारी दिए ।

 
‘जिल्ला अस्पताल बाजुराको अतिक्रमित जमिन फिर्ता ल्याउन धेरै पटक निर्देशन दिए पनि कार्यान्वयन नभएपछि डोजर लगाएरै संरचना भत्काएका हौँ’, अध्यक्ष थापाले भने ।

 

स्थानीय लालकेशर पाण्डेले बोर्डिङ स्कुलका टहरा नहटाएपछि डोजर लगाइएको अध्यक्ष थापाको भनाइ छ । राजनीतिक दल, नागरिक समाज र सरोकारवाला भेला गरेर अतिक्रमित जमिन खाली गर्ने काम थालिएको उनले जानकारी दिए । 

 

अस्पताल परिसरमा रहेको जमिन बडिमालिका बोर्डिङ स्कुलका सञ्चालक लालकेशर पाण्डेले घरटहरा बनाएका छन् । एकातिर अस्पतालको नयाँ भवन निर्माण भइरहेको छ भने अर्कातिर नजिकै बोर्डिङ स्कुल रहेकाले बिरामीलाई असहज हुने गरेको छ ।