close

पानी पार्न देउतालाई अश्लील गाली !

पानी पार्न देउतालाई अश्लील गाली !

Trulli
ADVERTISEMENT

रुकुम पूर्व– रुकुम पूर्वमा अकासे पानीको भरमा खेतीपाती गर्दै आएका कृषकले खडेरीमा पानी पाउन मूलमै सुँगुरको पूजा गरेका छन् । सिँचाइ सुविधा नभएको रुकुम पूर्वका अधिकांश स्थानमा कृषकले सुँगुरको पूजा गरेर अकासे पानी माग्ने परम्परा छ ।


अकासे पानीको भरमा खेतीपाती गर्दै आएका रुकुम पूर्वका कृषकले खडेरीमा अकासे पानी माग्ने पुर्खादेखिको चलन कायमै छ । रुकुम पूर्वमा अहिले हिउँदे बाली जौ, गहँुलगायत तरकारी हुर्किरहेको छ । सिँचाइ सुविधा नभएकाले लामो समयसम्म खडेरी भएपछि स्थानीयले परम्परा र प्रचलनअनुसार अकासे पानी मागेका हुन् । 

 

मगर बस्तीमा परम्परादेखि खडेरीको बेला घर कुरिया उच्च भेगमा पानीको मुहानसम्म पुगेर नाचगान तथा होहल्ला गरेर फर्किने गर्छन् । यसरी होहल्ला गरिदिँदा भूमि देवता अशान्त भएर वर्षा गरिदिने जनविश्वास छ ।


रुकुम पूर्वको पुथाउत्तरगंगा वडा नम्बर १० तकसेरामा गोठालो समूहको निर्णयले बिहानै भूमि देवतासँग पानी माग्न वृद्धवृद्धा, युवायुवतीले मुहान–मुहानमै होहल्ला गरी पूजा गर्छन् । 


पानी माग्ने दिन केही अश्लिल र फोहोरी शब्द बोल्दा कसैले पनि रिसाउन नपाउने गोठाला समूहका अध्यक्ष विष्णु बुढामगरले बताए ।


यहाँका समुदायले अरू समय फोहोर वा जुठो हुन्छ भनेर सुँगुरको मासु लेकतिर लग्ने गर्दैनन् तर पानीका लागि करिब ३५ सय मिटर उचाइको उच्च भूभागमा पुगेर सुँगुरको पूजा गर्छन् ।

 

लेकमा पूजा गरिसकेपछि केही तल झरेर पानीको अर्को मुहानमा सँुगरको पूजा गरेर अकासे पानी माग्ने परम्परा रहेको स्थानीय वृद्धवृद्धा बताउँछन् । खडेरी भएपछि बाजागाजासहित होहल्ला र मूल पानीमा सुँगुरको पूजा गरेपछि वर्षा हुने जनविश्वास रहेको अध्यक्ष बुढाले जानकारी दिए ।


रुकुम पूर्वमा ३ स्थानीय तह मात्र रहेकामा पुथाउत्तरगंगा र भूमे गाउँपालिकाका खाम भाषी मगर समुदायले लामो समयसम्म पानी नपरेपछि मूलमै सुँगुरको पूजाआजा गरी अकासे पानी माग्ने प्रचलन छ । 


आलु र मकै रोप्ने समय आएकाले अकासे पानी नपरेपछि कृषक चिन्तित छन् । सरकारले सिँचाइ सुविधामा ध्यान नदिएको उनीहरूको गुनासो छ ।