close

ठेकेदारलाई जनप्रतिनिधिले सुम्पिए खोला

मिलेमतोमा खोला परिवर्तन गरेरै नदीजन्य वस्तु उत्खनन अनुमति

ठेकेदारलाई जनप्रतिनिधिले सुम्पिए खोला

मिलेमतोमा खोला परिवर्तन गरेरै नदीजन्य वस्तु उत्खनन अनुमति

Trulli
ADVERTISEMENT

कपिलवस्तु- कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले नदीजन्य वस्तु उत्खननका लागि खोलालाई नै परिवर्तन गरिदिएको छ । नगर कार्यपालिकाको बैठकले वडा नम्बर १ मा रहेको गुडरुङ खोलाबाट नदीजन्य वस्तु उत्खननका लागि शाही पोख्रेल कन्स्ट्रक्सनलाई अनुमति दिएको हो ।

 

नगरप्रमुख केशवकुमार श्रेष्ठका विश्वसनीय पात्र शाही पोख्रेल कस्ट्रक्सनका सञ्चालक प्रमोद पोख्रेललाई वडा नम्बर १ मा रहेको गुडरुङ खोलाबाट निकासीको अनुमति दिने निर्णय भएको नगरपालिकाले सार्वजनिक गरेको छ । 


ठेकेदार पोख्रेलले गत वर्ष बुद्धभूमिको वडा नम्बर ३ रनगाई खोला ठेक्कामा लिएका थिए । तोकिएको परिमाणभन्दा बढी नदीजन्य वस्तु निकालेपछि स्थानीयले विरोध गरेका थिए । नगरपालिकाले यस वर्ष ठेक्का नलगाई कोभिड-१९ का कारण गत वर्षको ठेकेदारलाई अपुग भएको परिमाणअनुसार निकाल्ने अनुमति दिएको थियो ।

 

ठेकेदारले खोलामा मेसिन प्रयोग गर्दा समुदायसँग आर्थिक सहयोगको वाचा गरेको ठेक्का समयावधि सकिएसँगै रकम नदिएपछि स्थानीयले यो वर्ष नदीजन्य सामग्री निकाल्न दिएका थिएनन् ।

 

पोख्रेलले राजनीतिक फाइदा उठाउँदै कार्यपालिकाको बैठकबाट निर्णय गराएका थिए । नगरको निर्णयअनुसार कन्स्ट्रक्सनले ९९६५ घनमिटर नदीजन्य पदार्थ निकाल्न पाउनेछ । 


तरुण दलको जिल्ला सदस्यसमेत रहेका पोख्रेललाई मात्र नभएर जनप्रतिनिधिको समेत अप्रत्यक्ष लगानी रहेको कुन्द्रा खोलामा नदीजन्य वस्तु निकाल्न समय थप गर्ने निर्णय भएको छ ।

 

यसैगरी खोलामा एक्साभेटरमार्फत नदी दोहोन गर्दै आएको खड्का माटो सप्लायर्सलाइ समय थप्ने निर्णय गरेको छ । उक्त सप्लायर्सले मिस्कट निकाल्न मेसिन प्रयोग गरेपछि इलाका प्रहरी कार्यालय गोरुसिंगेले १ महिनाअगाडि बरामद गरेको थियो ।