close

नागरिकता अध्यादेशले ल्याएको खुसी (भिडियो खबर)

नागरिकता अध्यादेशले ल्याएको खुसी (भिडियो खबर)

ADVERTISEMENT

कपिलवस्तु- सरकारले जेठ ९ गते नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गर्‍यो । अध्यादेश जारी गरे पछि सामाजिक संजालमा यस विषयलाई विवादित बनाइयो । केही थरी भारतीय नागरिकलाई नागरिकता दिन लागेको आरोप समेत लगाइएको छ । र सरकारलाई चर्को गाली समेत आइरहेका छन् । तर, आलोचनाका बीचमा भने कपिलवस्तुमा बुवा-आमाको नागरिकता भएर राज्यको कारणले नेपाली नागरिक हुनबाट वञ्चित भएका युवा र उनका परिवार खुसी बनेका छन् ।


कपिलवस्तुको महाराजगंज नगरपालिका १ महाराजगंज बस्ने सुदिप विश्वास र उनका भाई आकाश उमेरले २ दशक पार गरे । तर, उनीहरू सँग बैक खाता छैन । मोटरसाइकल चलाउन जानेका छन् तर लाइसेन्स छैन । कक्षा १२ नेपाल मै पढे । तर, माथिल्लो कक्षा पढ् पाएनन् । नेपालमै जन्मिएका उनीहरू संग जन्मदर्ता पनि छ ।

 

बुवा आमाको नागरिकता पनि छ । तर, त्यही बुवा आमाको कोखबाट जन्मिएका भए पनी उनीहरू भने नागरिकता लागि योग्य भएनन् । दाजुभाईले नागरिकता नभएकै कारणले एमबीबीएस पढ्न पाएनन् । बुवा सुदामा र आमा नानु माया आचार्यको पेसा मेडिकल रहेको हुँदा आमाब्ुवाको चाहना समेत डाक्टर बनाउने थियो । तर बुवाको नागरिकता जन्म सिद्ध भएको कारणले उनको नागरिकता बन्न सकेन । एमबीबीएस पढ्नका लागि फारम भर्दा नागरिकता चाहिने भएपछि उनको डाक्टर बन्ने सपना अधुरो रह्यो ।

 

नागरिकताकै कारण सुदिप भारतको आन्ध्रप्रदेशमा गई फार्मेसी विषय लिएर स्नातक पढे । तर, बल्ल सरकारले नागरिकता सम्वन्धी अध्यादेश जारी गरेपछि विश्वास परिवारको डाक्टर बनाउने आशा पुनः ब्युँतिएको छ । जन्मसिद्ध बुवाका सन्तान भएका कारण महाराजगञ्ज २ गैडहवाकै कृष्णचन्द्र पासीका २ छोरा विनय र विमलको नागरिकता छैन ।

 

कृष्णचन्द्रका बुवा नेपालमा शिक्षण पेसा गरी सेवा निवृत्त भए । नागरिकता नभएकै कारण कृष्ण गैर सरकारी सँस्थामा जागिर खानबाट वन्चित भए । बुवाको नागरिकताबाट स्टेश्नरी पसल दर्ता गरि निजी विद्यालयमा शिक्षण गर्दै आएका छन् । उनका २ छोरा विज्ञान विषय लिई स्नातक तहको अध्ययन पुरा गर्दै छन् । तर, नागरिकताकै कारण जागिर खान नमिल्ने भएको छ । 

 

जन्मसिद्ध नागरिकता भएकाका सन्तानले नागरिकता पाए पछि दशकौँ देखी वञ्चित भएका नेपाली नागरिकले नागरिकता पाउने भएका छन् । अध्यादेश जारी भएपछि भारतीय नागरिकले नागरिकता पाउने भनेर सामाजिक सञ्जालमा भ्रम फैलाउँदा नागरिकता विहीन नागरिक दुखित भएका छन् । कानुनका अभावमा हजारौँ नागरिक राज्यबाट पाउने न्युनतम् सेवाबाट वन्चित हुनु परेको छ । 

 

नागरिकता ऐन ल्याउनु गलत होइन । उदाहरणका लागि विदेशी भुमि अथवा नेपालमै पनि अपराधको सिकार भएर आमा बनेकी नेपाली चेलिका सन्ताले नागरिकता नपाउने त ? यो संविधानले दिएको अधिकार हो । नेपालमै जन्मिएर नागरिकता पाइसकेका आमाहरुको सन्तानले पनि नागरिकता पाउने विषयलाई भारत संग मात्रै जोडेर व्याख्या गर्नु पनि दरिद्र मानसिकता भएको कतिपयको बुझाई छ ।