close

कोरोना नियन्त्रणका लागि सिन्धुपाल्चोकलाई जुट्दै छ सहयोग (भिडियो खबर)

कोरोना नियन्त्रणका लागि सिन्धुपाल्चोकलाई जुट्दै छ सहयोग (भिडियो खबर)

ADVERTISEMENT

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकमा कोरोना संक्रमण दिनहुँ बढेसँगै यसको रोकथामका लागि विभिन्न संघसंस्था तथा समाजसेवीसमेत लागिपरेका छन् । कोरोनाबाट जिल्लावासीलाई जोगाउन र विशेष गरि सिन्धुपाल्चोकमा कोरोना संक्रमण फैलन नदिन संस्था तथा व्यक्तिको सहयोग बढेको छ ।

 

जिल्ला कोरोना संकट व्यवस्थापन समिति, विभिन्न स्थानीय तह, सुरक्षाकर्मी, अस्पताललगायत स्वास्थ्य केन्द्रमा अहिले व्यक्ति तथा संस्थाले विभिन्न स्वास्थ्य सामग्री वितरण गर्ने क्रम चलेको छ । केही समाजसेवीले आफ्नो नीजि सवारी साधन संक्रमितलाई ओसारपसार गर्न समेत प्रयोगमा दिएका छन् ।

 

एक साता अघि नेपाल–चीन सीमा नाकाबाट व्यापारीको समूह सिल्क ट्रान्सपोर्टले सिन्धुपाल्चोकवासीका लागि ठूलो मात्रामा स्वास्थ्य सामग्री सहयोग गर्‍यो । कोरोना रोकथामका लागि सिल्कले करिव साढे तीन सय थान मास्क, अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

 

सिल्कले तीन लाख थान सर्जिकल मास्क, चालीस हजार थान के एन नाइन्टिफाइभ मास्क, एक सय ५० थान एन्फारेड थर्माेगन, एक लिटर वाला सेनिटाइजर एक हजार थान, फेस सिल्ड एक हजार थान, १० लिटर अक्सिजन ७० थान र ४० लिटर जाने अक्सिजन सिलिण्डर ३० थान प्रदान गरेको थियो । त्यस्तै नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाले सुनसरी पुगेर एक सय ४२ सिलिण्डरमा अक्सिजन भरेर सिन्धुपाल्चोक ल्याएको छ ।

 

व्यापारीको संस्था सिन्धुपाल्चोक उद्योग बाणिज्य संघले समेत जिल्लाा रहेका अस्पताल र सबै स्थानीय तहमा स्वास्थ्य सामग्री वितरण गरि कोरोना रोकथाममा एक्यवद्धता जनाएको छ । उद्योग बाणिज्य संघका अनुसार सर्जिकल मास्क ८० हजार पीस, केएन नाइन्टिन फाइभ माक्स २ हजार सात सय पीस, स्यानिटाइजर आठ सय लिटर, थर्मल गन ३३ वटा, अक्सिमिटर ३३ थान, पीपीइ एक सय वटा र ग्लोब्स पाँच हजार थान वितरण गरिएको हो । त्यस्तै अक्सिजन कन्सन्ट्रेटर (इलेक्ट्रिक)तीन थान, र अक्सिजन सिलिन्डर ८३ थान र स्वास्थ्य केन्द्रमा पानीको समेत व्यवस्था गरिएकोे छ ।

 
सामाजिक, व्यापारिक, नीजि तथा नागरिक समाजका संस्थाहरु मात्रै नभई राजनीतिक व्यक्ति पनि कोरोना रोकथाम अभियानमा व्यस्त छन् । नेपाली कांग्रेसका नेता तथा पूर्व संञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जिल्लाका चार अस्पतालमा बेडसहित अक्सिजन उपलब्ध गराएका छन् । सदरमुकाम चौतारामा अक्सिजन प्लान्ट केन्द्र स्थापना हुँदैछ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट ७५ लाख रकम विनियोजित भइसकेको छ ।

 

प्लान्ट राख्न मैले पहल गरेको भन्ने सभामुख अग्नीप्रसाद सापकोटा र पूर्व मन्त्री शेरबहादुर तामाङको आ आफ्नै दावी छ । स्वास्थ्य सामग्री विभिन्न संस्थाहरुबाट आएको र कोरोनाका लागि केही मल्हम भएको सम्बन्धित संस्थाका प्रमुख तथा जनप्रतिनिधिहरुले बताएका छन् । व्यक्तिगत तथा संस्थागत रुपमा कोरोना कहरलाई परास्त गर्न निर्वाह गरेका भूमिकालाई सर्वसाधारणले समेत स्वागत गरेका छन् । यसरी भएका सहयोगबाट कोरोना रोकथाम पक्कै सम्भव हुने छ ।